काठमाडौँ । विश्वकपको सफल टोली ब्राजिल र मोरक्को फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह ‘सी’ अन्तर्गत अमेरिकास्थित मियामी स्टेडियममा ब्राजिलले बिहीबार बिहान भएको खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० गोलले हराउँदै समूह विजेताको रुपमा नकआउट चरणमा पुगेको हो ।
यस्तै एटलान्टा स्टेडियममा भएको अर्को खेलमा मोरक्कोले हाइटीलाई ४–२ गोलले स्तब्ध बनायो । मोरक्को हेड टु हेडका आधारमा उपविजेता बन्यो । जितसँगै दुवै टोलीले समूहमा सात सात अङ्क बनाए ।
ब्राजिललाई जिताउन भिनिसियस जुनियरले सातौँ र पहिलो हाफको इन्जुरी समयमा दुई गोल गर्नुभयो । म्याथुस कुन्हाले ६०औँ मिनेटमा गोल गर्दै ब्राजिललाई सजिलै जिताउनुभयो ।
यस्तै अर्को खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा हाइटी मोरक्कोसँग ४–२ गोलले निराश बनेको हो । हारसँगै हाइटी विश्वकपबाट बाहिरिएको छ ।
तीन अङ्क बनाएको स्कटल्यान्डको तेस्रो स्थानबाट शीर्ष आठमा रहँदै नकआउट पुग्ने झिनो आशा बाँकी छ ।

