झापा । झापाको बुद्धशान्ति गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका मनोज प्रसाईं निर्वाचित भएकम छन् ।
११ हजार ४०३ मत प्राप्त गरी विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) की मीरा भूर्तेलले आठ हजार ३०२ मत प्राप्त गरीन् ।
उपाध्यक्षमा एमालेकी भवानी खतिवडा आठ हजार ७४ मत प्राप्त गरी विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का खड्गबहादुर तिम्सिनाले पाँच हजार २१६ मत प्राप्त गरे ।

