झापा । झापाको मेचीनगर स्थित काकडभिट्टामा पहिलोपटक अक्सन मार्फत खेलाडी छनोट गरेर सिटि लिग यु-१४ फुटबल प्रतियोगिता हुने भएको छ।
काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरकाे आयोजनामा जेठ १४ गतेदेखि हुने उक्त प्रतियोगितामा ४ वटा टिमले सहभागिता जनाउने छन्, भने प्रत्येक टोलीले अक्सन मार्फत खेलाडी छनोट गर्ने र एउटा टिमले बढीमा २२ हजार रुपैयाँ सम्म खर्च गर्न पाउने छन्,।
खेलाडीहरुलाई “ए”, “बी” र “सी” गरी ३ क्याटागोरीमा विभाजन गरिएको छ भने सहभागी टिमका मालिकले ए क्याटागाेरीकाे खेलाडीलाई १ हजार ५ सयदेखि २ हजारसम्म बी क्याटागोरीकाे खेलाडीलाई १ हजारदेखि १ हजार ५ सय र सी क्याटागोरिकाे खेलाडीलाई ५ सयदेखि १ हजार रुपैयाँ सम्मको बोली लगाउन पाउनेछन्,।
प्रतियोगितामा आशिष गुरुङ मालिक रहेकाे क्लासिक वारियर्स, एन्जल गुरुङको राइजिङ ब्वाइज , सुरेश तिवारीकाे ह्याप्पी क्लब र बसन्त श्रेष्ठको संगम फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन्,।
आयोजकका अनुसार प्रतियोगिताकाे विजेता टोलीले रु ५० हजार प्राप्त गर्नेछ भने उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ।

