मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । पन्ध्र वटा वडा रहेको मेचीनगरमा अहिलेसम्म चारवटा वडाको मत परिणाम सार्वजनिक भइसकेको छ । सार्वजनिक भएकाहरूमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले तीन र माओवादी केन्द्रले एउटा वडामा जीत हासिल गरेका छन् ।
एमालेले मेचीनगर १,२,३ नम्बर वडामा जीत हासिल गरेको छ । गठबन्धनबाट माओवादीले १४ नम्बर वडामा जीत हासिल गरेको छ।
को कहाँ निर्वाचित भए ?
मेचीनगर -१
रामकुमार राई– वडाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
मेचीनगर -२
दिपक बराल – वडाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
मेचीनगर -३
हर्कबहादुर बस्नेत – वडाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
मेचीनगर -१४
बाबुलाल सुब्बा – वडाध्यक्ष माओवादी केन्द्र

