झापा । झापामा स्थानीय तहको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । पन्ध्र वटा स्थानीय तह रहेको झापामा अहिलेसम्म पाँच वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ । सार्वजनिक भएकाहरूमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले तीन, नेपाली काँग्रेसले दुई र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक स्थानीय तहमा जीत हासिल गरेका छन् ।
एमालेले झापाको बाह्रदशी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जीत हासिल गरेको छ भने कनकाई नगरपालिकामा प्रमुख पद जीत हासिल गरेको छ ।
बाह्रदशी गाउँपालिकामा एमालेका तर्फबाट अध्यक्षमा देविन्द्र चम्लागाईं र उपाध्यक्षमा शान्ता शिवाकोटी खरेलले जीत हासिल गरेकी छन् ।
कनकाई नगर पालिकामा एमालेका तर्फबाट प्रमुखमा राजेन्द्रकुमार पोखरेल र उपप्रमुखमा नेपाली कांग्रेसका तर्फबाट आशा शर्मा शिवाकोटीले जीत हासिल गरेका छन् ।
त्यस्तै भद्रपुर नगरपालिका प्रमुखमा काँग्रेसका गणेश पोखरेलले जित हासिल गरेका छन् भने उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी राधा कार्कीले जीत हासिल गरेकी छन् ।
हल्दीबारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पद राष्ट्रिय प्रजातन्त्र पार्टीले जीत हासिल गरेको छ । अध्यक्षमा रवीन्द्र लिङ्देन र उपाध्यक्षमा लक्ष्मी देवी मैनालीले जीत हासिल गरे । त्यस्तै कचनकवल गाउँपालिका अध्यक्षमा काँग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशीले जीत हासिल गरेका छन् भने उपाध्यक्षमा एमालेका नवराज भट्टराईले जित हासिल गरे ।
को कहाँ निर्वाचित भए ?
कनकाई नगरपालिका
राजेन्द्रकुमार पोखरेल– प्रमुख, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
आशा शर्मा शिवाकोटी– उपप्रमुख, नेपाली कांग्रेस
भद्रपुर नगरपालिका
गणेश पोखरेल – प्रमुख, नेपाली काँग्रेस
राधा कार्की – उपप्रमुख, राप्रपा
बाह्रदशी गाउँपालिका
देविन्द्रप्रसाद चम्लगाईं– अध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
शान्ता देवी शिवाकोटी खरेल– उपाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
कचनकवल गाउँपालिका
कालेन्द्रप्रसाद सिंह राजवंशी–अध्यक्ष, नेपाली कांग्रेस
नवराज भट्टराई– उपाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
हल्दीबारी गाउँपालिका
रवीन्द्रप्रसाद लिङ्देन– अध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी
लक्ष्मी देवी मैनाली– उपाध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी

