अन्य

कुनै धर्मलाई विभेद गर्ने राज्यको नीति छैनः सांसद मैनाली

मेचीनगर । देशमा लोकतन्त्रको स्थापनापछि राज्यले सबै धर्म भाषा र संस्कृतिको संरक्षण गरिहेको र कुनै धर्मलाई विभेद गर्ने राज्यको नीति नरहेको प्रदेश १ का सांसद श्रीप्रसाद मैनालीले बताए । नेपाली ख्रीष्टियन नागरिक संघ केन्द्रीय समितिको सोमबार सम्पन्न सातौँ वार्षिक साधारण सभामा यस्तो बताएका हुन् ।

मेचीनगर ५ स्थित माङ्हिम टोलमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका प्रदेश सांसद मैनालीले धर्मले हरेक व्यक्तिलाई सही बाटोमा डो¥याउने उनको भनाई थियो ।

प्रमुख अतिथि मैनालीले देश र समाज रुपान्तरणमा धार्मिक संघ संस्थाहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । हरेक व्यक्तिले आफ्नो कर्म अनुसारको फल पाउने बताउँदै जुनसुकै धर्मले पनि असल संस्कारको सिकाउँदै दुःखीको सेवामा लाग्न अभिप्रेरित गर्ने गरेको बताए ।

This image has an empty alt attribute; its file name is 292503527_481121917354934_112816421889549361_n.jpg

समितिका अध्यक्ष हरिकुमार मगरको सभापतित्वमा भएको कार्यक्रममा नागरिक संघको अवधारणका बारेमा पाष्टर टिकाराम आचार्यले प्रकाश पार्दै जुनसुकै धर्ममा भएपनि बिचार परिवर्तन हुनु आवश्यक रहेको बताए । धर्मले समाजमा खासै प्रभाव नपार्ने तर असल विचार भएका व्यक्ति समाजमा उत्पादन भए देश र समाजले समृद्धि हासिल गर्ने बताए । आफूलाई आस्थाकै आधारमा राज्यले दण्डित गरेको तीतो यथार्थ स्मरण गर्दे उनले आस्थाको आधारमा अब कसैलाई विभेद गर्नु नहुने उनको भनाई थियो ।

कार्यक्रममा मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, राष्ट्रिय गृजाघर महागुठीका संयोजक रेभ. पदम पराजुली, रेभ डा.मंगलमान महर्जन, केदार खड्का, उद्दार सञ्जाल नेपालका डाइरेक्टर जय कुमार थापा, अधिवक्ता कुमार खड्कालगायतले ख्रीष्टियन धर्मावलम्बीहरुलाई राज्यले अझै पनि विभेद् गरिरहेको बताए । मण्डली तथा चर्चहरुलाई राज्यले गुठी संस्थामा दर्ता गर्नु पर्ने उनीहरुको भनाई थियो ।

सो अवसरमा अध्यक्ष हरिकुमार मगरले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष आरती तामाङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा एकल तथा सामूहिक नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन कोषाध्यक्ष आरती तामाङले गरेकी थिइन् ।