बाहुण्डाँगी । नेपाल जेसीजको महाधिवेशनमा तालिम र थिम सेमीनार मुख्य आर्कषण हुने अनुमान गरिएको छ । तालिमद्धारा जेसीज युवाहरुलाई प्रेरित गर्ने उदेश्यले यो वर्ष आतिथ्यता शाखा विरगञ्जले ३ वटा तालिम सञ्चालन हुनेछन् । तालिमको विश्वविद्यालयका रुपमा लिइएको जेसीजमा युवाहरुलाई प्रेरित गर्दै व्यवसायमा अघि बढ्नका लागि सहज होस भन्ने उदेश्यका साथ तालिम तयार गरिएको आतिथ्यता शाखाका अध्यक्ष अमृत गौरोले बताउनु भयो ।
तालिममा Session: Design Thinking and Entrepreneurial Mind Set Trainer शिर्षकमा तालिम हुनेछ । जसको सहजीकरण कारखानाका सिइयो प्रतिभा गौतमले गर्नु हुनेछ । यसैगरी Empowering Your Mindset Trainer तालिम रहेको छ । जसमा सुमन श्रेष्ठले सहजीकरण गर्नु हुनेछ भने तेस्रो तालिमका रुपमा Communication and Leadership for Youth Trainer रहेको छ जुन तालिम उत्प्रेरक प्रशिक्षक सौरभ लोहोनीले गर्नु हुनेछ ।
यसैगरी महाधिवेशनमा अर्काे महत्वपूर्ण कार्यक्रम थिम सेमीनार पनि रहेको छ । विहिवार नै हुने थिम सेमीनार राष्टिय अध्यक्ष सिनेटर लालमणी भण्डारीका प्रकरण एक्ट फर इम्प्याक्टका विषयमा वक्ताले बोल्नेछन् । जसमा मधेश प्रदेश सांसद तथा माओवादी नेता रहबर अन्सारी, नेपाली कांग्रेसका नेता मिगेन्द्र रिजाल वक्ताका रुपमा रहनेछन् ।

