काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२३ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।
इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् । यो अन्तर्राष्ट्रिय संवत भएकाले विदेशमा बसोबास गर्ने र अन्तर्राष्ट्रिय संघसंस्थामा काम गर्नेले यो पर्व विश्वभर मनाउने गर्छन्।
ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ को विदाई र नयाँ वर्ष को स्वागतमा विश्वभर विभिन्न कार्यक्रहरुको आयोजना गरी नयाँ वर्ष मनाइदै छ।

