संघ \संस्था

बिसहजार जेसीजद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बाहुण्डाँगी । नेपाल जेसीजका पूर्व अध्यक्ष अरुणेश्वर खनालले युवाशक्तिहरु देशमै बस्न सके भने देश समृद्ध बन्ने बताउनु भएको छ । बुधवार बीसहजारद्धारा आयोजित ’’आजका युवा राष्ट्रको भबिस्य’’ बिषयक अन्त्ररक्रिया कार्यक्रममा बोल्दै खनालले शिक्षित र दक्ष जनशक्ति विदेश पलायन हुने र रहेका युवाहरु दैनिक रुपमा लागु औषधमा फस्न थालेकै कारण देश सधैँ पछि परेको बताउनु भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका खनालले युवाहरुले नै चाहे भने देश समृद्ध बन्ने बताउनु भएको थियो ।


कार्यक्रमका प्रमुख वक्ता नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष गोकुल सापकोटाले युवाहरु प्रत्येक घटनाक्रममा जोडिनु पर्ने बताउनु भयो । उहाँले कुनै पनि अन्याय र अत्याचार सहनु बताउँदै देशको प्रशासन, देशको राजनीति विकृति र सामाजिक न्यायका निम्ति नेताको झोले तथा मुखदर्शक भएर बस्न नहुने बताउनु भएको छ । पूर्व कानुनी सल्लाहकार समेत रहनु भएको सापकोटाले प्रत्येक युवा आत्मानिर्भर भयो भने राष्ट्र आफै बन्ने ठोकुवा समेत गर्नु भयो ।


शाखाकी २०२३ की अध्यक्ष प्रमिला सुवदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बीसहजार जेसीजका पुर्ब अध्यक्ष सीनेटर रेशम राज शर्मा, निवर्तमान अध्यक्ष बेदराज न्यैपाने, बोर्डका पदाधिकारीहरुलगायतको सहभागिता रहेको थियो । कार्यकारीणी उपाध्यक्ष जमुना पौडेलको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन महासचिव नबिन बगालले गर्नु भएको थियो ।