अन्य

मेचीनगर लेडी जेसीजको सप्ताह : उद्घाटनमा निशुल्क स्वास्थ्य शिविर

बाहुण्डाँगी । मेचीनगर लेडी जेसीजले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २९१ जनाले स्वास्थ्य परिश्रण गराएका छन् ।

मेचीनगर लेडी जेसीजद्वारा वर्ष २०२३ को जेसीज सप्ताहको उद्घाटन समारोहको अवसर पारेर आयोजित निःशुल्क स्वास्थ्य शिविरमा शनिबार २९१ जनाले लाभ लिएका छन् ।

शनिबार मेचिनगर–७ स्थित जोरसिमल कृषि सहकारी संस्थाको सभाहलमा आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरमा आँखा, क्यान्सर स्कृनिङ र पाठेघरका विरामीहरुले सेवा लिएका थिए ।

शिविरमा जाँच गराएका २९१ जना मध्ये ४९ जनामा मोतिया बिन्दुको समस्या देखिएको थियो । काँकरभिट्टा आइ केयर सेन्टरको प्राविधिक सहयोग रहेको शिविरमा समस्या देखिएका विरामीहरुको निःशुल्क शल्यक्रिया गरिने जनाएको छ ।

त्यस्तै शिविरमा ८० जना भन्दा बढीले क्यान्सर स्कृनिङ र पाठेघरको जाँच गराएका थिए । त्यसमध्ये ७० जनामा पाठेघरको मुखमा घाउ भएको, आङखस्ने जस्ता समस्या देखा परेको थियो । उनीहरुलाई बरिस्ठ स्त्रीरोग विशेषज्ञ प्रियन्का कटुवालले सेवा प्रदान गरेकी थिइन् ।

मेचीनगर लेडी जेसीजकी अध्यक्ष रश्मी थापाको सभापतित्व तथ मेचीनगर ७ का वडाध्यक्ष प्रह्लादमणि ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष कविता शर्मा, धुलाबारी जेसीजका अध्यक्ष योगेश राजवंशी, स्त्रीरोग विशेषज्ञ प्रियन्का कटुवाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पूर्व अध्यक्षहरु टिका सुवेदी, शोभा श्रेष्ठ, मञ्जु खनाल, सुनिता पनेरु, सीता पुरीलगायतको उपस्थिति रहेको थियो ।

तालिम संयोजक शर्मिला तिम्सिनाले आस्था वाचन गरेको कार्यक्रमको स्वागत शान्ति पराजुली र सञ्चालन माहासचिव सविता पोखरेलले गरिन् ।