स्वास्थ्य

झापा : कारको ठक्करबाट डिउटीमा खटिएका दुई प्रहरी घाइते, हवलदारको भाँचियो खुट्टा !

झापा । झापामा भारतीय नम्बर प्लेट भएको कारको ठक्करबाट दुई प्रहरी घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बिर्तामोड ६ स्थित बुट्टावारिको प्रहरी बिट नजिकै सवारीसाधन चेकजाँच खटिएका प्रहरीलाई सोमबार राती साढे ८ बजेको तीव्र गतिमा आएका डब्लुबी ७४ एए १७९५ नम्बरको कारले ठक्कर दिएको हो ।

सो ठक्करबाट प्रहरी सहायक हवलदार शिवनारायण महतो र प्रहरी जवान दीपेन्द्र गुरुमैता घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनिमा कार्यरत घाइतेमध्ये सहायक हवलदार महताको खुट्टा भाँचिएको छ ।

घाइते दुवै जनाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको जनाइएको डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । कार चालक फरार रहेको प्रहरीले जनाएको छ । कारभित्र सवार अन्य दुई जनासमेत घाइते भएका डीएसपी रिजालले बताए ।