धुलावारी । होलिबेल अंग्रेजी स्कुलका विद्यार्थीहरुले राष्ट्रिय धान दिवस असार १५ को अवसरमा धान रोपेर राष्ट्रिय धान दिवस मनाएका छन् । राष्ट्रिय धान दिवसको अवसरमा शुक्रवार मेचीनगरको निन्दा पुलको छेउमा रहेको मानव आश्रमको सामुहिक धान रोपाइमा विद्यार्थी, शिक्षक र अभिभावकसहित विद्यार्थीहरुले धान दिवस मनाएका हुन् । हरेक वर्ष होलीबेलका विद्यार्थीले राष्ट्रिय धान दिवसको अवसरमा धान Read More…
Month: June 2023
युवा पुस्तालाई कृषिमा प्रेरित गर्न हरिकुलका शिक्षक र विद्यार्थी रोपाइँमा
चन्द्र बस्नेत कनकाई । आधुनिक युवा पुस्तालाई कृषिमा लाग्न प्रेरित गर्ने उद्देश्यले झापाको कनकाई ३ सुरुङ्गा स्थित हरिकुल मा विले आफ्ना विद्यार्थीलाई धान रोपाइँमा सहभागी गराएको छ । स्कुलले जीवनदेखि नै कृषिमा सहभागी गराउँदा परिश्रमी र आत्मनिर्भर बन्न सहयोग पुग्ने भन्दै विद्यालयले आज असार १५ को दिन राष्ट्रिय धान दिवसको अवसर पारेर विद्यार्थीलाई रोपाइँमा लगाएको Read More…
छुपुमा छुपु हिलोमा धान रोपेर छाडौंला…
मेचीनगर । धुलाबारीको इष्ट होराइजन माविका विद्यार्थीहरुले मेचीनगरको विभिन्न स्थानमा गएर धान रोपेर राष्ट्रिय धान दिवस मनाएका छन् । राष्ट्रिय धान दिवस असार १५ को अवसरमा आज मेचीनगरको गोजा बस्ती, लालपानी, खुट्टीडाँगी लगायत विभिन्न स्थानमा विद्यार्थी, शिक्षक र अभिभावकसहित विद्यार्थीहरुले धान दिवस मनाएका हुन् । प्रत्येक वर्ष इष्ट होराइजनका विद्यार्थीले राष्ट्रिय धान दिवसको अवसरमा धान Read More…
मेचीनगर : मदन भण्डारीको जन्म जयन्तीमा दिप प्रज्वलन
मेचीनगर । जननेता मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसरमा मेचीनगरमा दिप प्रज्वलन गरिएको छ । मेचीनगर ६ स्थित काँकरभिट्टा बसपार्क परिसरमा बिहिवार साझ मदन भण्डारीको जन्म जयन्तीको अवसरमा सार्दुल अध्ययन केन्द्र स्थापना तथा दिप प्रज्वलन गरिएको छ । बाग्मती प्रदेशका पुर्व प्रमुख बिष्णु प्रसाइको प्रमुख आतिथ्यमा, नेकपा एमाले केन्द्रिय सदस्य एवम् मेचीनगर उपप्रमुख मिना Read More…
मेचीनगरको बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतले पारित
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ को बजेट सर्वसम्मतले पारित गरेको छ । नगरपालिकाले असार १० गते आइतबार ल्याएको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको हो । आर्थिक बर्षको लागि नगरपालिकाले एक अर्ब ५१ करोड १२ लाख ४० हजार ३६७ रुपैयाँ बजेट विनियोजन गरेको छ । शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई Read More…
मेचीनगर : दुई सडकको नामाकरण सहिदका नाममा
झापा । झापाको मेचीनगर नगरपालिकाले सहिदलाई सम्मान गर्दै नगरका प्रमुख दुइ सडकलाई सहिद स्मृति मार्गको रुपमा घोषणा गरेको छ । नगरपालिकाकले मेचीनगर ६ स्थित काँकरभिट्टा बाहुण्डाँगी हुँदै निन्दा सिरान जोडने सडक र मेचीनगर १० स्थित धुलाबारी, ज्यामिरगढी हडिया सम्मको सडकलाई सहिदको नामबाट नमकरण गरेको हो। बिहिवार नगरको बार्षिक नीति तथा कार्यक्रमको समापन शत्रमा बोल्दै नगर Read More…
नगर प्रमुख बुढाथोकीले गरे नगर शैक्षिक कोषको घोषणा, बार्षिक ३ महिनाको सेवा सुविधा समेत दिने
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगर शैक्षिक कोषको घोषणा गरेका छन् । बिहिवार नगरको बार्षिक नीति तथा कार्यक्रमको समापन शत्रमा बोल्दै नगर प्रमुख बुढाथोकीले बिशेष प्रस्ताव मार्फत नगर शैक्षिक कोषको घोषणा गरेका हुन् । नगर शैक्षिक कोषको घोषणा गर्दै उनले आफुले नगर प्रमुख भए बापत राज्यबाट पाउने सेवा सुविधा (भत्ता) मध्ये तीन महिनाको Read More…
आज हरिशयनी एकादशी, घरघरमा तुलसीको विरुवा रोपी मनाइँदै
काठमाडौं। आसार शुक्ल एकादशीका दिन आज घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदैछ। हिन्दू धर्मावलम्बीहरुका लागि महत्वपूर्ण दिनका रुपमा लिइने यो दिन निराहार व्रत बसी भगवान् श्रीविष्णु र तुलसीको पूजा अर्चना गरेमा मनोकामना पूरा हुने जनविश्वास छ। वैदिक शास्त्रहरूमा यस एकादशीलाई एउटा महत्वपूर्ण एकादशीका रूपमा व्याख्या गरिएको छ। निर्जला एकादशीको दिन छरेको तुलसीको बीऊलाई आज Read More…
बिपद् न्यूनिकरणमा मेचीनगरको चासो, नगरप्रमुख आफै स्थालगत अनुगमनमा
मेचीनगर । बर्खा लागेसंगै अबिरल बर्षका कारण खोला नदीहरुमा आउने बाढीले बर्षेनी धेरै धनजनको क्षति पुर्याउँदै आइरहेको तितो यथार्थ छ । यसैलाई मध्यनजर गर्दै मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले नगर क्षेत्रमा हुने बिपद न्यूनिकरणका लागि चासो देखाउँदै स्थलगत अनुगमनलाई तिब्रता दिन थालेका छन् । मेचीनगरमा बिशेषगरी मेची नदी, निन्दा, टिमाई, राइसिङ, घैलाडुब्बा, काली खोलालगायतले बर्षाको Read More…
मेचीनगर संयोजकमा श्रेष्ठ
मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल झापा जिल्ला कमिटीको छैठौं पूर्ण बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । बैठकले राष्ट्रिय युवा संघ मेचीनगरको सम्मेलन आयोजक समितिको संयोजकमा कृष्ण श्रेष्ठलाई जिम्मेवारी तोकेको छ । मेचीनगरको सम्मेलन आयोजक कमिटी सदस्यमा नगरका १५ वटै वडा अध्यक्षहरुलाई सदस्य बनाउने निर्णय भएको बैठकमा सहभागी राष्ट्रिय युवा संघ झापा क्षेत्र Read More…