मेचीनगर । गर्मी बढ्ने क्रम नरोकिएपछि मेचीनगरमा थप दुई दिन बिदा दिइएको छ । पछिल्लो केही दिन यता अत्यधिक गर्मी बढेपछि गत बिहीबारबाट नगरपालिकाले दुई सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीद्वारा हस्ताक्षरित सूचनामा २१ र २२ गते (आइतबार र सोमबार) गरी थप दुई दिन बिदा दिइएको उल्लेख छ । Read More…
Month: June 2023
विश्व वातावरण दिवसमा कनकाई-३ को हरिकुल नमूना माविले कार्यक्रम गर्ने
चन्द्र बस्नेत कनकाई । विश्व वातावरण दिवस २०८० को अवसर पारेर झापाको कनकाई ३ सुरुङ्गामा रहेको हरिकुल नमूना माध्यमिक विद्यालयले कार्यक्रमको आयोजना गर्ने भएको छ। विश्व वातावरण दिवस यस वर्ष २०८० जेष्ठ २२ गते पर्सी सोमबार परेको छ। “प्रकृति सँग हाम्रो सम्बन्ध: रही रहोस् अनन्त वातावरणीय सन्तुलन कायम गर्ने हाम्रो कर्तव्य तथा जिम्मेवारी पनि हो Read More…
काँकरभिट्टा नाकामा भारु नोट सटहीमा सकस
झापा । पूर्वीनाका काँकडभिट्टामा भारु नोट टहीमा समस्या देखिएको छ । भारु दुई हजारका नोट फिर्ता लिने भारत सरकारको निर्णयलगत्तै सटहीमा समस्या देखिन थालेको हो । एक साताअघि भारतको केन्द्रीय बैंकले भारु दुई हजारका नोट फिर्ता लिने घोषणा गरेको थियो । त्यसलगत्तै सीमावर्ती नेपाली बजारमा साना दरका भारु नोटको प्रचलनसमेत ह्वात्तै घटेको छ भने यातायात Read More…
सांसद सोविता गौतमले गरिन् सुटुक्क विवाह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले विवाह गरेकी छन् । नाताले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाञ्जा गृहेन्द्र घिमिरेसँग गौतमले सुटुक्क विवाह गरेकी हुन् । गृहेन्द्रसँग लामो समय प्रेमसम्बन्धमा रहेकी सोविताले प्रेमलाई विवाह परिणत गरेकी हुन् । स्थायी घर चितवन घर भएका गृहेन्द्र र सोविताले सानो जमघटमा प्रणयसुत्रमा बाँधिएर Read More…
आज जेठ १९ : राजदरबार हत्याकाण्डको २२ वर्ष पूरा
झापा । नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते बेलुकी राजदरबारमै तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो। शुक्रबार बेलुकीको पारिवारिक जमघटका क्रममा त्रिभुवन सदनमा घटना घटेको थियो। घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भयो। राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, अधिराजकुमारी शान्ति, Read More…
प्रधानमन्त्रीको भारत भ्रमण : दिनमा कञ्जुस्याइँ भएन, लिन चाहिँ केही सकिएन
काठमाडौँ । भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली लैजाने भएको छ तर किनेर होइन, नेपालका आकर्षक मानिएका नदीनालामा आफैंले जलविद्युत गृह बनाएर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले भारत भ्रमणमा छन् । यो भ्रमणका क्रममा आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा दुवै देशका प्रधानमन्त्रीहरुले भने – नेपाल र भारतबीच ‘लङ टर्म पावर ट्रेड एग्रिमेन्ट’ भएको Read More…
बुद्धशान्ति-२ : निर्माण सम्पन्न भएको दुई वर्ष नबित्दै वडा कार्यालय भवन चर्कियो
झापा । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ को वडा कार्यालय भवन निर्माण गर्दा चरम लापरबाही गरिएको पाइएको छ । बुद्धशान्ति गाउँपालिकाको २ नम्बर वडा कार्यालय निर्माण सम्पन्न भएको २ वर्ष नबित्दै चर्किन थालेपछि भवन निर्माणमा चरम लापरबाही भएको रहस्य बाहिर आएको हो । भाडाको भवनमा कार्यालय सञ्चालन गर्दै आइरहेको बुद्धशान्ति गाउँपालिकाको २ नम्बर वडा कार्यालयले Read More…
मेचीनगर : अत्यधिक गर्मि बढेपछि विद्यालयहरु बिदा
मेचिनगर। केहिदिनदेखि अत्याधिक गर्मी बढेपछि मेचीनगर नगरपाकिका भित्र सञ्चालित सम्पूर्ण विद्यालयहरुमा २ दिन बिदा दिइएको छ । मेचीनगनर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले फेसबुक मार्फत सूचना जारी गर्दै नगरभित्र सञ्चालित सामुदायिक/संस्थागत/धार्मिक सबै प्रकारका विद्यालयहरुमा पछि बर्खेबिदाबाट कट्टीहुनेगरी बिदा दिइएको उल्लेख गरिएको छ । अत्याधिक गर्मीका कारण पछिल्लो समय तराईका अधिकांश जिल्लाहरुमा धमाधम विद्यालयहरु बन्द Read More…
जिल्ला स्तरीय क्रिकेटको उपाधि अरुणोदय र बालकल्याण माविलाई
मेचीनगर । झापाको काँकरभिट्टामा जारी २१औं झापा जिल्ला स्तरीय छात्र/छात्रा क्रिकेटको उपाधि छात्रातर्फको अरुणोदय इङ्गलिस बोर्डिङ्ग स्कुल काँकरभिट्टा र छात्रतर्फको बालकल्याण मा.वि मेचीनगर–५ ले जितेको छ । मिलन क्रिकेट क्लब काँकरभिट्टाको आयोजनामा सञ्चालित प्रतियोगितामा टस जितेर पहिलो व्याटिङ्ग रोजेको अरुणोदयले १० ओभरको समाप्तिमा ८१ रन जोड्न सफल भएको थियो । अरुणोदयका लागि सर्वाधिक रन जोड्न Read More…








