मेचिनगर। केहिदिनदेखि अत्याधिक गर्मी बढेपछि मेचीनगर नगरपाकिका भित्र सञ्चालित सम्पूर्ण विद्यालयहरुमा २ दिन बिदा दिइएको छ ।

मेचीनगनर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले फेसबुक मार्फत सूचना जारी गर्दै नगरभित्र सञ्चालित सामुदायिक/संस्थागत/धार्मिक सबै प्रकारका विद्यालयहरुमा पछि बर्खेबिदाबाट कट्टीहुनेगरी बिदा दिइएको उल्लेख गरिएको छ ।
अत्याधिक गर्मीका कारण पछिल्लो समय तराईका अधिकांश जिल्लाहरुमा धमाधम विद्यालयहरु बन्द भैरहेका छन्,।

