मेचीनगर । झापाको काँकरभिट्टामा जारी २१औं झापा जिल्ला स्तरीय छात्र/छात्रा क्रिकेटको उपाधि छात्रातर्फको अरुणोदय इङ्गलिस बोर्डिङ्ग स्कुल काँकरभिट्टा र छात्रतर्फको बालकल्याण मा.वि मेचीनगर–५ ले जितेको छ ।

मिलन क्रिकेट क्लब काँकरभिट्टाको आयोजनामा सञ्चालित प्रतियोगितामा टस जितेर पहिलो व्याटिङ्ग रोजेको अरुणोदयले १० ओभरको समाप्तिमा ८१ रन जोड्न सफल भएको थियो । अरुणोदयका लागि सर्वाधिक रन जोड्न सफल दिपशिखा भूजेलले २९ बल खेल्दै २४ रन जोड्न सफल भइन् । त्यस्तै प्रजिता ढकालले १९ बलमा २० रन जोड्न सफल भइन् । ८२ रनको लक्ष्य पाएको तारापुञ्ज इङ्गलिस बोर्डिङ्ग स्कुलले ३७ रन जोड्दै सम्पूर्ण विकेट गुमाएको थियो ।

३ विकेट लिन सफल अरुणोदयका खेलाडी रेविका खड्का उत्कृष्ठ खेलाडी घोषित भइन् ।
त्यस्तै छात्र तर्फको फाइनल खेल काँकरभिट्टा मा.वि. काँकरभिट्टा र बालकल्याण मा.वि. मेचीनगर–५ बीच भएको थियो । टस हारेर ब्याटिङ्गको निम्ता पाएको बालकल्याण मा.वि.ले १५ ओभरको खेल समाप्तिमा १०२ रन बनाउन सफल भएको थियो । बालकल्याण मा.वि.का आयुष खत्रीले ४४ बलमा ४७ रनको सर्वाधिक योगदान दिएका थिए । त्यस्तै सुजन पुरीले १४ बल खेल्दै १९ रनको गोगदान दिएका थिए ।

१०३ रनको लक्ष्य पाएको काँकरभिट्टा मा.वि.ले १३.१ ओभर खेल्दै ४९ रन बनाएर सम्पूर्ण विकेट गुमाएको थियो । ३ विकेट लिन सफल बालकल्याण मा.विका खेलाडी रोहन सुदेदी उत्कृष्ठ खेलाडी घोषित भए । छात्रातर्फको वेष्ट बलको रुपाधि दावा शेर्पा घोषित भइन् भने वेष्ट व्याटर सुशान्त गुरुङ्ग घोषित भइन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी दावा शेर्पा घोषित भइन् । छात्रतर्फको वेष्ट बलको रुपाधि पवन दर्जी घोषित भए भने वेष्ट व्याट्सम्यानको उपाधि संदिप खनाललाई दिइएको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पवन दर्जी घोषित भए ।

प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई ट्रफी, मेडल तथा प्रमाण पत्र वितरण गरिएको थियो । भने प्रतियोगितामा विभिन्न विद्यालयबाट नारायण न्यौपाने, राजिव गिरी, उज्वल सुवेदी, दिनेश घिमिरे, कुलमणी भण्डारी, प्रविन घिमिरे, काँकरभिट्टा मा.वि.का सहायक प्रधानाध्यापक मदन अधिकारी, अरुणोदय इङ्गलिस बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक दुर्गाबहादुर लुइटेल तथा एमिटी पब्लिक स्कुलका प्रधानाध्यापक सुवर्ण भट्टराईको आतिथ्यता रहेको थियो । पुरस्कार वितरण कार्यक्रम मिलन क्रिकेट क्लबका अध्यक्ष विरु श्रेष्ठको अध्यक्षता एवम् वहाँ स्वयम्को संचालनमा सम्पन्न भएको थियो ।






