शिक्षा

मेचीनगरका विद्यालय आइतबार र सोमबार पनि बिदा

मेचीनगर । गर्मी बढ्ने क्रम नरोकिएपछि मेचीनगरमा थप दुई दिन बिदा दिइएको छ ।

पछिल्लो केही दिन यता अत्यधिक गर्मी बढेपछि गत बिहीबारबाट नगरपालिकाले दुई सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । 

शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीद्वारा हस्ताक्षरित सूचनामा २१ र २२ गते (आइतबार र सोमबार) गरी थप दुई दिन बिदा दिइएको उल्लेख छ ।

हाल दिइएका बिदा चालु शैक्षिक सत्रको बर्खे बिदाबाट मिलान गरिने जनाइएको छ । 

मौसम विदले तराईका जिल्ला अझै दिन गर्मी बढ्ने बताई रहेका बेलाका झापाका अधिकांक पालिकाले बिदा दिइका छन् ।