स्वास्थ्य

साना किसान कृषि सहकारी संस्था बाहुण्डाँगीको आँखा शिविरमा १६० जनाले जचाँए

मेचीनगर । झापाको मेचीनगर ४ स्थित बाहुण्डाँगीमा आयोजित एक दिने निःशुल्क आँखा स्वास्थ्य शिविरमा एक सय पचाँस बढीले आँखा परिक्षण गराएका छन् ।

मेचीनगर ४ मा रहेको साना किसान कृषि सहकारी संस्थाले शनिबार आयोजना गरेको एकदिने निःशुल्क आँखा स्वास्थ्य शिविरमा एक सय ६० जनाले आफ्नो आँखा जाँच गराएका छन् ।

मेची नेत्रालय काँकरभिट्टाको दृश्य विशेषज्ञसहितको प्राविधिक सहयोग रहेको आँखा शिविरमा १० जनामा मोतियाबिन्दु समस्या देखिएको थियो । उनीहरुलाई साना किसान कृषि सहकारी संस्थाको समन्वयमा संस्थाको कार्यालयमा भोलि बिहान ९ बजे भेला भई अप्रेशनका लागी मेची नेत्रालय लगिने साना किसान कृषि सहकारी संस्था बाहुण्डाँगीका मुख्य प्रवन्धक पोषक कुमार दर्जीले जानकारी दिए ।