धर्म संस्कृती शिक्षा

युवा पुस्तालाई कृषिमा प्रेरित गर्न हरिकुलका शिक्षक र विद्यार्थी रोपाइँमा

चन्द्र बस्नेत
कनकाई ।
आधुनिक युवा पुस्तालाई कृषिमा लाग्न प्रेरित गर्ने उद्देश्यले झापाको कनकाई ३ सुरुङ्गा स्थित हरिकुल मा विले आफ्ना विद्यार्थीलाई धान रोपाइँमा सहभागी गराएको छ ।

स्कुलले जीवनदेखि नै कृषिमा सहभागी गराउँदा परिश्रमी र आत्मनिर्भर बन्न सहयोग पुग्ने भन्दै विद्यालयले आज असार १५ को दिन राष्ट्रिय धान दिवसको अवसर पारेर विद्यार्थीलाई रोपाइँमा लगाएको प्रिन्सिपल रोषन खत्रीले जानकारी दिनुभयो ।

विद्यार्थी तथा शिक्षकहरुलाई कनकाईका विभिन्न स्थानमा गएर धान रोपेर राष्ट्रिय धान दिवस मनाएका हुन् । कनकाईको सुरुङ्गा, लालपानी, टप्पु , टेक्रालगायत विभिन्न स्थानमा शिक्षक र अभिभावकसहित विद्यार्थीहरुले गएर धान रोपाइँ गरेको विधालयकि प्रवन्ध निर्देशक ग्रीशा रावल थापाले जानकारी दिनुभयो ।

सो विद्यालयका विद्यार्थीहरु प्रत्येक धान दिवसमा बर्सेनि धान रोप्न जाने गरेका छन् । अबको शिक्षा व्यावहारिक, सीपमुलक र आयआर्जनमुलक हुनुपर्ने भएकाले यस प्रकारको शिक्षण सिकाइ क्रियाकलाप हुने वातावरण विद्यालय, शिक्षक र अभिभावकले सिर्जना गर्नुपर्ने विद्यालयका संचालक साजन थापाले बताउनुभयो ।

विद्यालयले बालबालिकाहरुलाई विगत वर्षदेखि राष्ट्रिय धान दिवस मनाउन प्रेरित गर्दै आएको शिक्षक राजु थापाको भनाई छ । सुरुङ्गामा रहेकोे हरिकुल विद्यालयमा अहिले संचालक समिति परिवर्तन भएसगै विद्यालयको मुहारनै फेरिएको छ। प्ले ग्रुपबाट हाल प्लस टु सम्म पढाई हुने गरेको छ। विद्यालयमा बिहान , दिउसो र बेलुका गरि छुट्टाछुट्टै कक्षा संचालन हुने गरेको छ।

विद्यालयले पढाईका साथसाथै विभिन्न अतिरिक्त किर्याकलावलाई प्राथमिकतामा राखेसगै अधिकांस अविभावकको पहिलो रोजाईमा विद्यालय पर्न सफल भएको प्रवन्ध निर्देशक थापाको भनाई छ।

विद्यालयमा अहिले सुविधा सम्पन छुट्टाछुट्टै भवन , हरेक कक्षाकोठामा स्टेन , सिलिङ तथा वाल फेनको व्यवस्था , डेक्स बेन्चमा गर्मीमा समस्या हुने भन्दै एक विध्यार्थी एक कुर्सीको व्यवस्था , व्यस्थित क्यान्टीनको सुविधा , अनुभवी शिक्षक रहेका कारण पनि अविभावकको मुख्य रोजाईमा पर्ने गरेको अधिकाश अविभावकको भनाई छ।

अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न समयमा विद्यालय स्तरीय भएका प्रतियोगिताहरुमा दर्जनभन्दा धेरै प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालयका प्रीन्सिपल खत्रीले जानकारी दिनुभयो ।

विध्यालले पढाईका साथसाथै हरेक शुक्रबार ई। सि। ए । अन्तर्गत विध्यार्थीको रोजाई अनुसारको सिकाई सिकाउने गरेको संचालक साजन थापाले बताउनुभएको छ। विशेष गरेर विध्यालले पढाई सगसगै वाहिरी ज्ञानलाई पनि उतिकै प्राथमिकतामा राखेको र हरेक चाडपर्व मनाउने परम्परालाई पनि विध्यालयबाट नै सिकाउने गरेको प्रवन्ध निर्देशक थापाले बताउनुभयो ।

विध्यालयले पढाईका साथसाथै विभिन्न अतिरिक्त किर्याकलावलाई प्राथमिकतामा राखेसगै अधिकांस अविभावकको पहिलो रोजाईमा विद्यालय पर्न सफल भएको हो।

अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न समयमा विद्यालय स्तरीय भएका प्रतियोगिताहरुमा दर्जनभन्दा धेरै प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालयका प्रीन्सिपल खत्रीले बताउनुभयो ।
ऋजबलमचब