मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन, रकम असुली तथा ठेक्कापट्टा सम्बन्धि नगरपालिका हाताभित्र भएको दुर्ववहारको विरुद्ध ध्यानाकर्षणसहित विज्ञप्ती निकालेको छ । नगरपालिकाले आज नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोख्रेल उप्रेतीको हस्ताक्षर सहित उक्त कार्यको विरुद्धमा विज्ञप्त् िनिकालेको हो ।
शुक्रबार मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीमाथि दुर्ववहार भएको छ । शुक्रबार प्रमुख प्रशासकीय अधिकृत टेक कुमार रेग्मीमाथि निर्माण व्यवसायीहरूले आक्रोशित हुँदै दुर्ववहार गरेका थिए ।
यस्तो छ विज्ञप्ती मिति २०८० पौष १३ गते दिनको १०ः३० चजेको समयमा मेचीनगर नगरपालिका, नगर कार्यपालिकाको कार्यालयले मेचीनगर नगरपालिका भित्र भएर बहने हडिया, टिमाई, निन्दा (प्याकेज २ र ३) तथा मेची खोलाबाट नदीजन्य पदार्थ उत्खनन संकलन बिक्री शुल्क असुलीका लागि मेचीनगर नगरपालिकाको, आन्तरिक आय संकलन ९ठेक्का बन्दोबस्त गर्ने० कार्यविधि, २०७६ को परिच्छेद २ ठेक्का व्यवस्थापन कार्य दफा ३ आन्तरिक आय संकलनको लागि ठेक्का बन्दोबस्त गर्ने बमोजिम ३ पटकसम्म सूचना प्रकाशन गर्दा समेत कुनै बोलपत्र पेश नभएको सन्दर्भमा सोही कार्यविधिको दफा ३ को उपदफा ५ को दोयो प्याराग्राफको व्यवस्था तर, बढाबढ गर्दा पनि नगरपालिकाले तोके बमोजिमको न्यूनतम अङ्क पनि कवोल अङ्क हुन नआएमा नगर स्तरीय राजश्व परामर्श समितिको सिफारिसमा आबश्यक प्रक्रिया अपनाई आन्तरिक आयको व्यवस्था गर्न सकिनेछ। भन्ने व्यवस्थालाई कसरी कुन प्रक्रिया पुरा गरी नदीजन्य पदार्थ उत्खनन संकलन बिक्री शुल्क अमुली गरी आय व्यवस्थापन गर्न सकिन्छ र सयी नगरका श्रमजीवी वर्गको दैनिक जीवनयापन र रोजीरोटीको समस्यालाई तत्काल कसरी व्यवस्थापन गर्न सकिन्छ भनी नगर प्रमुखको कार्यकक्षमा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहित सम्बन्धित शाखा प्रमुख ९अधिकृतहरु०को छलफल भै रहेको समयमा ट्याक्टर चालक व्यवसायीहरु र विगतमा नदीजन्य पदार्थ उत्खनन संकलन गरी स्टक राख्ने कन्ट्याक्टर सहितका सरोकारवालाहरु समेत प्रवेश गर्नु भयो ।
उल्लिखित पृष्ठभुमीमा प्रवेश गरेका ट्याक्टर चालक व्यवसायीहरुले राजश्व तिरी मेचीनगर नगरपालिका भित्र भएर बहने नदीहरुको तोकिएको स्थानबाट नदीजन्य पदार्थ उत्खनन संकलन गर्न पाउनु पर्ने मागका सम्बन्धमा नगर प्रमुखले प्रचलित कानून र असल अभ्यास भित्र रही चाडै माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे पछी नगर प्रमुखको अनुरोधमा ट्याक्टर चालक व्यवसायीहरुले नगर प्रमुखको कार्य कक्ष छोडे पश्चात बिगतका नदीजन्य पदार्थ उत्खनन संकलनसँग सम्बन्धित कन्ट्याक्टर राजकुमार थापा र निजको साथ लागि आएका सुने अनुसार प्रभात राई समेतले विगतमा भएको नदीजन्य पदार्थसँग सम्बन्धित ठेक्काबाट संकलन भई स्टकमा रहेको नदीजन्य पदार्थको निकासी ढुवानीको बारेमा प्रश्न राखे पश्चात नगर प्रमुखबाट सम्बन्धित निकायहरुसँग समन्वय गरी आवश्यक परेमा प्रचलित कानूनका जटिलता फुकाई निकाश निकालिने विषय राख्दै गर्दा नेपाल प्रहरीका स।ई। नवराज थापा समेतको उपस्थितिमा कन्ट्याक्टर राजकुमार थापा र निजको साथ लागि आएका सुने अनुसार प्रभात राई समेतबाट दुरासय राखी सभ्य समाजले सहन गर्न नसक्ने गरी अमर्यादित अशिष्ट र अभद्र एवं हर्कतपुर्ण व्यवहार नगरप्रमुखको कार्यकक्षमा नै भयो। सर्वप्रथम उक्त अशिष्ट, अभद्र र अमर्यादित हर्कत प्रति दुख, खेद तथा भत्सर्ना गर्दछौ। जति र जुन सभ्य शब्दले खेद व्यक्त गरे पनि यस नगरपालिकाको सबैधानिक, कानुनी एवं संस्थागत मर्यादामा आँच पुर्याउने गरी भएको उक्त हर्कत गर्ने व्यक्तिहरुलाई प्रचलित नेपाल कानून बमोजिम उचित र पर्याप्त कारवाही गर्न माग गर्दछौ।


