मेचीनगर । आफन्त नेपालले आफ्नो १८ औं वार्षिकोत्सव विविध कार्यक्रम गरि सम्पन्न गरेको छ । स्थापना कालदेखि नै मानव बेचबिखन, ओसारपोसार तथा लैङ्गिक हिंसा नियन्त्रनका लागि विभिन्न कार्यहरू गर्दै आएको आफन्त नेपालले प्रधान कार्यालयदेखि शाखाहरूमा समेत बिहिवार आफ्नो १८ औं वार्षिकोत्सव भव्यरूपमा सम्पन्न गरेको हो ।

उक्त कार्यक्रम ‘मानव बेचबिखन, ओसारपोसर तथा लैङ्गिक हिंसा अन्त्यको अभियानमा आफन्त नेपालको १८ औं वर्षको आव्हान, मानव बेचबिखन बिरुद्धको अभियानमा एक्यबद्धता जनाऔँ’ भन्ने मुल नारा सहित आफन्त नेपाल झापाले नेपाल भारत सिमा नाकामा आफ्नो वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा आफन्त नेपाल काँकरभिट्टा शाखाले पनि माघ १७ गतेका दिन मानव बेचबिखन, ओसारपोसार रोकथामका साथै लैङ्गिक हिंसा विरुद्धका विभिन्न कार्यक्रमहरू सञ्चालनमा ल्याएको थियो । साथै नेपालबाट भारत जाने मानिसहरुलाई मानब बेचबिखन सम्बन्धी सचेतनामुकल पर्चा पम्प्लेट बितरण गरि कार्यक्रमको गरिएको थियो ।

जावलाखेलमा प्रधान कार्यालय रहेको आफन्त नेपालले बिगत ७ वर्ष देखी भने झापामा पनि निरन्तरत मानव बेचबिखन तथा ओसारपोसार र लैङ्गिक हिंसा नियन्त्रनका लागी सिमा निगरानी लगायत समुदायी स्तरीय विभिन्न जनचेतनामुलक अभियानहरु संचालन गर्दै आइरहेको छ । साथै हिंसाबाट प्रभावित महिला र बालिकाहरुका लागी आवधिक संरक्षण गृह, परामर्श तथा आवश्यकता बमोजिम विभिन्न शिपमुलक तालिममा सहभागी गराइ सेवा प्रदान गर्दै आइरहेको आफन्त नेपाल काँकरभिट्टा शाखा प्रमुख मातृका गुरूङले जानकारी दिए ।
