खेलकुद

नेपाल १ रनले विजयी, युएईले हार्यो ।

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा १ रनले जितेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले यूएईलाई १४१ रनको लक्ष्य दिएको थियो । नेपालले दिएको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो ।

यूएईका लागि अलिशान सराफूले अर्धशतकीय खेल खेले । उनले ५८ रन बनाए । ध्रुव पराशरले ३८ रन बनाए ।

नेपालको लागि भने ओपनर आसिफ शेखको अर्धशतक बनाए । उनले मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो ।

आसिफले ४७ बलमा ५१ रन, कुशल भुर्तेलले २८ रन, कप्तान रोहित पौडेले २० रन बनाए । यस्तै, गुल्शन झाले ५ बलमा १४ रन बनाए ।

यूएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले १–१ विकेट लिएका थिए ।