संघ \संस्था

मानव–हात्ती सहअस्तित्वका लागि सामुदायिक एकता आवश्यक : नगरप्रमुख बुढाथोकी

मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले मानव–हात्ती सहअस्तित्वका लागि सामुदायिक एकता आवश्यक रहेको बताएका छन् ।

शुक्रबार बाहुण्डाँगीमा आयोजित मानव–हात्ती द्वन्द व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चको सातौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै नगरप्रमुख बुढाथोकीले मानव–हात्ती द्वन्द न्यूनीकरणका लागि सामुदायिक सहकार्य, संरक्षण सचेतना र वन्यजन्तुसँग सहअस्तित्वलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुपर्ने बताए ।

उनले पछिल्लो समय मेचीनगरको हात्ती प्रभावित क्षेत्रमा मानव–हात्ती सहअस्तित्व भन्दा धेरै उक्त बिषयमा मानव मानव बिचको टकराब समस्या बन्दै गइरहेको बताए । साथै उनले जंगली हात्तीको क्षति न्यूनीकरण गर्न नगरपालिका हरदम लागि परिरहेको बताए ।

कार्यक्रममा मेचीनगर प्रमुख बुढाथोकीसंगै मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्की, डिभिजन वन कार्यालय झापाका अधिकृत सरोज निरौला, नागरिक समाजका अध्यक्ष निलकण्ठ तिवारीलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा मेचीनगरका प्रवक्ता एवम् मेचीनगर–२ का वडाध्यक्ष दिपक बराल, मेचीनगर१ का वडाध्यक्ष राजकुमार राई, पुर्व वडाध्यक्ष पासाङ तामाङ, मेचीनगर– ४ का पूर्व वडाध्यक्ष नवीन बराल, साना किसान कृषि सहकारी संस्था बाहुण्डाँगीका मुख्य प्रबन्धक पोषक मोतेलगायतको आतिथ्य रहेको थियो ।

लेखा समितिका तर्फबाट चन्द्र गुरागाईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा स्वागत मन्तव्य मञ्चकी कोषाध्यक्ष निर्मला सुवेदीले राखेकी थिइन् । संस्थाका कार्यवाहक अध्यक्ष राजकुमार घिमिरेको अध्यक्षतामा आयोजना भएको कार्यक्रम सञ्चालन सचिव बृहसकुमार आचार्यले गरेका थिए ।