विविध

केचना बजारमा सामुदायिक भवन बन्ने

झापा, बैशाख २३ । कचनकवल गाउँपालिका स्थित केचना बजारमा सामुदायिक भवन निर्माण हुने भएको छ ।
नेपालकै होचो भुभाग कचनकवल गाउँपालिका वडा नम्बर ४ स्थित केचना बजारमा बन्न लागेको नवनिर्मित सामुदायिक भवनको शिलन्यास प्रदेश सभा सदस्य बसन्त बानियाँले गरेका छन् ।

निर्वाचन क्षेत्र पुर्बाधार कोष बाट १० लाख बजेट बिनियोजन भए संगै केचना बजारमा सामुदायिक भवन निर्माण कार्य अगाडी बढाईएको हो । सांसद बानियाँको पहलमा बिनियोजित रकमबाट सामुदायिक भवन बन्ने भएसंगै स्थानियबासी उत्साहित भएका छन् । बहु प्रयोजनका लागि निर्माण हुने सामुदायिक भवनबाट स्थाानियले धेरै लाभ लिन सक्ने छन् ।

Leave a Reply

Your email address will not be published.