समाचार

प्रदेश नम्बर १ को राजधानी विराटनगर

विराटनगर, बैशाख २४ । प्रदेश नम्बर १ को अस्थायी राजधानी रहेको विराटनगरलाई प्रदेशसभा गठन भएको १६ महिनापछि स्थायी राजधानीका रूपमा हुने भएको छ ।

विराटनगरलाई नै स्थायी राजधानी बनाउन सोमबार प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेश १ को राजधानी विराटनगर तोक्ने प्रस्ताव पारित गरेको छ ।

प्रदेशसभामा कायम रहेका ९३ सांसदहरु मध्ये विराटनगर स्थायी राजधानीको पक्षमा ८६ मत परेको थियो । उक्त प्रस्तावको विपक्षमा शुन्य मत परेको हो । प्रदेश नम्बर १ को व्यवस्थापिका, कार्यपालिका लगायत अन्य प्रशासनिक संरचना विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपासका क्षेत्रमा रहने छ।

Leave a Reply

Your email address will not be published.