
झापा, बैशाख २४ । पूर्वका चिया मजदूरले बिर्तामोडको मुक्तिचोकको सडकमा सुतेर विरोध प्रदर्शन गरेका छन् । ऐनले तोकेको ज्याला दिन उद्योगीहरुले आनाकानी गरे संगै श्रम ऐनमा तोकिए अनुसारको दैनिक ज्याला पाउनु पर्ने माग गर्दै मजदूरहरुले सुतेर विरोध जनाएका छन् ।

दुई तिहाईको सरकार मजदुरको समस्यामा किन मैन छ भन्दै मजदुर सरकार प्रति आक्रोसीत छन् । सरकारले मजदुरको समस्यालाई बेवस्ता गरेका कारण उद्योगीले ऐनले तोकेको ज्याला दिन आनाकानी गरेको चिया मजदुरहरुको गुनासो छ ।

सरकारको ध्यानाकर्षण गराउनका लागि सडकमा सुतेर प्रदर्शन गरेको मजदूरहरु बताउछन् । चिया मजदूरले अहिले २७८ रुपैयाँ ज्याला पाउँदै आएका छन् । श्रम ऐन अनुसार ३८५ रुपैयाँ ज्याला पाउनु पर्ने उनीहरुको माग छ ।

