समाचार

प्रधानमन्त्री ओलीले अपशब्द बोलेको भन्दै संसदमा हंगामा

काठमाण्डौं, बैशाख २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको शब्दलाई लिएर संसदमा हंगामा भएको छ । आगामि आर्थिक बर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सांसदहरुले राखेको प्रश्नको जवाफ मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले दिएका थिए । प्रधानमन्त्रीले जवाफ दिइसकेपछि सांसदहरुले फेरि प्रश्न गरेका थिए । उक्त प्रश्नको जवाफ दिन फेरि प्रधानमन्त्री रोष्टम पुगेका थिए । Read More…

विविध

खुदुनाबारीमा फाल्गुनन्दको शालिक अनावरण

शाक्यमणी आचार्य झापा, बैशाख २४ । अर्जुनधारा नगरपालिका स्थित खुदुनाबारी चौकमा निर्माण गरिएको १६औँ राष्ट्रिय विभूति समेत रहेका किरात महागुरु फाल्गुनन्दको शालिक एक कार्यक्रमका बिच मंगलबार अनावरण गरिएको छ । महागुरुको ८९औँ समाज सुधार दिवसको अवसर पारेर शालिक अनावरण गरिएको हो । खुदुनाबारी चौकमा रहेको महागुरु फाल्गुनन्दको शालिक शालिकको किरात धर्मगुरु आत्मानन्द लिङदेन र गुरुआमा Read More…

अर्थ

पूर्वका चिया मजदूरले सडकमा सुतेर गरे विरोध प्रदर्शन

झापा, बैशाख २४ । पूर्वका चिया मजदूरले बिर्तामोडको मुक्तिचोकको सडकमा सुतेर विरोध प्रदर्शन गरेका छन् । ऐनले तोकेको ज्याला दिन उद्योगीहरुले आनाकानी गरे संगै श्रम ऐनमा तोकिए अनुसारको दैनिक ज्याला पाउनु पर्ने माग गर्दै मजदूरहरुले सुतेर विरोध जनाएका छन् । दुई तिहाईको सरकार मजदुरको समस्यामा किन मैन छ भन्दै मजदुर सरकार प्रति आक्रोसीत छन् । Read More…

समाचार

प्रदेश नम्बर १ को राजधानी विराटनगर

विराटनगर, बैशाख २४ । प्रदेश नम्बर १ को अस्थायी राजधानी रहेको विराटनगरलाई प्रदेशसभा गठन भएको १६ महिनापछि स्थायी राजधानीका रूपमा हुने भएको छ । विराटनगरलाई नै स्थायी राजधानी बनाउन सोमबार प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेश १ को राजधानी विराटनगर तोक्ने प्रस्ताव पारित गरेको छ । प्रदेशसभामा कायम रहेका ९३ सांसदहरु मध्ये विराटनगर स्थायी राजधानीको पक्षमा Read More…