राजनीति

अनेरास्ववियु झापाको एकदिवसीय प्रशिक्षण सम्पन्न

झापा । अनेरास्ववियु झापा जिल्लाद्वारा काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा एकदिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रशिक्षक नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका मनोज ताम्लीले ‘नव युवा, नयाँ संकल्प : अनेरास्ववियुको दायित्व’ विषयमा प्रशिक्षण दिँदै विद्यार्थी संगठनले वैचारिक स्पष्टता, अनुशासन र नेतृत्व क्षमताको विकासमा जोड दिनुपर्ने बताएका थिए। त्यस्तै प्रशिक्षक अब्दुस मियाले ‘सार्वजनिक नीतिको पैरवी’ विषयमा सहजीकरण गर्दै नीति निर्माण प्रक्रियामा विद्यार्थी संगठनको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे।

कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु कोशी प्रदेश संयोजक नारायण पोखरेलले वर्तमान राजनीतिक तथा सामाजिक परिवेशमा विद्यार्थी संगठन जिम्मेवार र जनउत्तरदायी बन्नुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सन्तोष धमला, नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष शिव ढुङ्गेल, जिल्ला सदस्यहरू दुर्गा धमला,समर्पण खतिवडा, एमाले मेचीनगर अध्यक्ष राजु कार्की, अनेरास्ववियु नेता सन्देश पौडेललगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रमको अध्यक्षता अनेरास्ववियु झापा जिल्ला संयोजक मदन ओलीले गरेका थिए। स्वागत मन्तव्य गगन ढकालले व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन आशिष पौडेलले गरेका थिए। सहजीकरण मञ्जु चिमरिया, उत्सव भट्टराई र छितिज लुइँटेलले गरेका थिए।