खेमराज थाम्सुहाङ्ग
ल है हजुर हो, राजनीतिका महा वडापर्व आउँदै छ । यसपालीको यो पर्वलाई हामी सबै नेपालीले विशेष रुपमा मनाउनु पर्नेहुन्छ । नेपाली जनता स्वयं न्यायधिश भएर सहि र गलत छुट्टयाउनु पर्ने समय र मिति आइसकेको छ ।
विगतको जस्तो डरलाग्दो गल्ती यसपालीको चुनावमा पटकै बिर्सिएर पनि दोर्याउने काम नगराँै है । आ–आफ्नो दिमगा (चेतना) र मनलाई स्वैक्षिक ढङ्गबाट दुरदर्शी, शुस्म कुनाबाट विश्लेषण कहिल्यै गरेनौँ । स्वार्थ, हल्ला र भिडको पछि लागेर आज हामी शिक्षित बेरोजगार बनौँ, रोदन–विछोडको चपेटामा पुग्नगयौँ र चल्न र बाँच्नको निम्ति दोस्रो तेस्रो मुलुक माथि भरपर्न पुग्यौँ । आफ्नै घरभित्र स्वतन्त्र रुपले स्वास फेर्न सकेको छैनौँ । हामीमाथि विदेशीले हकअधिकार जमाइरहेको सबै नेपालीलाई राम्ररी थाहा भैसकेको छ । देशको चौतफी सिमा मिचिरहेको छ । घरभित्र समस्या उठाइदिएर बाहिरबाट च्यापेर ल्याइरहेको छ ।
अहिलेको र भावी पुस्ताको निम्ति उज्वल आशाको कल्पना गर्न सक्ने भएका छेनौँ । दिना–दिन समस्या–नीतिहरु जटिल र कठिनाई बन्दै गइरहेछ । अस्तित्व विलियन हुने अवस्था देखिन थालेको छ । समाजको चौतफी क्षेत्रको तह, वर्ग, शुस्म बिन्दुबाट विभाजित गराएर आफ्नै र देशको निम्ति सोच्न नसक्ने भएका छौँ ।
त्यसकारण आउँदो फाल्गुन २१ गते आफ्नो होइन राम्रोलाई, देश, नेपाली नागरिक र नयाँ पुस्तालाई सम्झेर न्यायधिशको ठाउँमा उभिएर मतदान गरौँ ।
एक व्यक्तिलाई धर्म परिवर्तन गर्न÷गराउन कानुनको डर र पहिचान बदलिएको मान्य हुन्छ, त्यो भन्दा पनि कयौँ गुण भयाङ्क उपराध हुन्छ जुन खान–पिन, रुपियाँ, आशा–लोभ साथै शब्दजाल र त्राशमा मतदातालाई गलत प्रयोग गरी अन्य चिन्हमा मत खसाल्न बाध्य बनाइन्छ ।
मत भनेको आफै निर्णय क्षमता र स्वइच्छाले हाल्नु पर्ने हो । त्यसकारण गुमाउरो रुपमा पुरानो–होइन नयाँलाई, यसपाली यता, अर्कोपाली उता भन्ने सरल शब्दशैलीमा एैचाँे–पैचो तरिकाले आफ्नो अस्तित्व गुमाउने पक्षमा जानु हुँदैन ।
पालिका तहको चुनाव र राष्ट्रिय तहको चुनावबीच आकाश–पातालको भन्दा पनि ठूलो फरक र डरलाग्दो अन्तर हुन्छ । पालिकाभित्रको निर्णयमा एक मात्र भूगोलभित्र विकास र बजेटको फरक पर्ला तर राष्ट्रियतहको निर्वाचनमा एक सेकेण्ड, एक शब्दमा अन्तरािष्ट्रय क्षेत्रमा छवि, पहिचान, स्वाभिमान र अस्तित्व गुम्ने अवस्था आउन सक्छ ।
त्यसकारण राणा शासन, राजतन्त्र र लोकतन्त्र व्यवस्था भोगीसकेका छौँ, मतदानको अभ्यास गरी परीणाम पनि भोगिसकेका छौँ । प्रत्येक दलको घोषणापत्र, नेताको क्षमता, देशप्रतिको भक्ति, जनताप्रतिको इमान्दार मानव–मुल्य बुझेका र दुरदर्शी नेतृत्वलाई नापतौल गरि मत खसालौँ । विश्वको उच्चो रहेको सगरमाथाको देश, सिता–वुद्ध जन्मेको देश, वीर गोर्खाली जन्माएको देश, यस्तो देशको नागरिकले किन सहि र गलत नेतृत्व चुन्नमा गलत भइरहेको ? के कारणले होला ? हातमा ठेला, थाप्लोमा नाम्लो, शिरमा ऋण, मनमा पीर र आँखामा अनिदो निद्रा लिएर कहिल्ये सम्म बाच्ने हो ?
हामी नेपाली नोकर र दास भएर होइन, मालिक भएर बाँच्नुपर्छ । यो आधुनिक समयमा प्रत्येक नेपालीको भाग्य राजनीतिक व्यवस्थाले संरक्षण गरि निर्माण गरिएको हुन्छ । नेताले नेतृत्व गरेको हुन्छ ।
त्यसकारण यो आउँदो महाकुम्भ चुनाव २०८२ फागुन २१ गते महासचेत भएर नेपाल र नेपालीको पहिचान, अस्तित्व, स्वाधिनता सर्वभौमतालाई बचाउँदै, सुर्य–चन्द्र इकित झण्डा सगरमाथाको चुचुरोमा फर–फराइरहोस भन्ने, देश भक्ति मनले उक्त दिन न्यायधिश भनी न्यायालयमा (मतदान केन्द्र) सहि–गतल छुट्टयाउने गरि मतदान गरौँ ।
जय देश जय नेपाल

