मेचीनगर । मेचीनगर–७ स्थित नगरपालिका छेउमा अड्डा–अदालत लेखापढी तथा ट्राभल्स सेवा एकै स्थानबाट उपलब्ध हुने गरी नयाँ सेवा केन्द्र सञ्चालनमा आएको छ।
प्राप्तिका टुर्स एण्ड ट्राभल्स तथा अड्डा अदालत लेखापढी तथा कानुनी कागजात सेवा नामक संस्थाले स्थानीय सेवाग्राहीलाई सहज र छरितो सेवा दिने उद्देश्यले कार्यालय स्थापना गरेका हुन्।

कार्यालयको विधिवत् उद्घाटन मेचीनगर–७ का वडाध्यक्ष प्रल्हादमणी ओलीले गरेका थिए। उनले अब जनताले आफ्नै ठाउँमा यश किसिमको सेवा पाउँदा सहज हुने बताए ।
संस्थाका सञ्चालक कुन्दन निरौलाले अड्डा–अदालत सम्बन्धी सम्पूर्ण लेखापढी, कानुनी कागजात तयारी तथा निशुल्क कानूनी परामर्श सेवा उपलब्ध गराइनेछ । अब यहाँबाट सबैखाले निवेदन लेखन,पान/भ्याट सम्बन्धी कार्य, मालपोत तथा नापी कार्यालय सम्बन्धी सेवा, सवारी ब्लुबुक नवीकरण, नोटरी सेवा, अनलाइन डकुमेन्टेसन, अर्जेन्ट फोटो तयारी तथा फोटोकपी सेवा सहजरूपमा उपलब्ध गराइएको बताए ।
उनले स्थानीयलाई जिल्ला सदरमुकाम धाउनुपर्ने झन्झट हटाउँदै एउटै ठाउँबाट छिटो र भरपर्दो सेवा दिने लक्ष्य रहेको बताए।
त्यस्तै, अर्का सञ्चालक माधव अर्यालले यहाँ बाट नेपाल तथा भारत आवत–जावतका लागि हवाई तथा बस टिकट सेवा, साथै विभिन्न प्याकेज टुर्सको व्यवस्था गरिएको बताए । उनले यात्रुहरूको सहजता र सुरक्षित यात्रालाई प्राथमिकता दिँदै सेवा सञ्चालन गरिएको जानकारी दिए।
स्थानीय स्तरमै प्रशासनिक, कानुनी र यात्रा सम्बन्धी सेवा उपलब्ध भएपछि सेवाग्राही उत्साहित देखिएका छन्।
मेचीनगर नगरपालिका संगै खुलेको सेवाले समय, खर्च र झन्झट घटाउने अपेक्षा गरिएको छ।

