झापा,फागुन १९ । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा बाहुण्डाँगी जेसीजको आयोजनामा साताव्यापी महोत्सव (फागुन १७ देखि २३ गतेसम्म) सञ्चालन भई रहेको छ ।
सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी बाहुण्डाँगीबजारमा बाहुण्डाँगी संगीत तथा पर्यटन महोत्सव आयोजना भएको हो । महोत्सवको तेस्रो दिन सोमवार ख्यातीप्राप्त राष्ट्रिय कलाकार सुगम पोख्रेको साथमा प्रीतम आचार्य र स्थानिय कलाकारहरुको प्रस्तुती रहने बाहुनडाँगी जेसीज सन् २०२० का बरिष्ट उपाध्यक्ष देबु बानियाले जानकारी दिए ।
महोत्सवमा ग्रामिण संस्कार, संस्कृति, रहनसहन, रीतिरिवाजलगायत विभिन्न जातिय परिकार, संस्कृति तथा पर्यटन, व्यवसायिक, जनचेतनामूलक ४० वटा स्टल रहेका छन् ।

