धर्म संस्कृती

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे

काठमाडौँ। तिहारको महत्वपूर्ण दिन भाइटीकाको अवसरमा आज दिदीबहिनीले दाजुभाइलाई टीका लगाउने विधि सम्पन्न गर्दैछन्। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आजको दिनभर टीका लगाउन कुनै बाधा नभए तापनि उत्तम साइत बिहान ११:३९ बजे रहेको छ। यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनीले पूर्वतर्फ र टीका लगाइ माग्ने दाजुभाइले पश्चिमतर्फ फर्कने परम्परा रहेको छ। यमद्वितीया को रूपमा पनि Read More…

धर्म संस्कृती

नेपाल संवत् ११४६ आजदेखि प्रारम्भ

काठमाडौँ । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।       राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराएका थिए । नेपाल सम्वत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्को मान्यता पाएको Read More…

धर्म संस्कृती

तिहार पर्व: आज काग तिहार मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो । यमराजले Read More…

धर्म संस्कृती

यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३९ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र Read More…

धर्म संस्कृती

आश्विन शुक्ल पूर्णिमाः महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

काठमाडौँ। धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर नेपालीले बडादसैँलाई बिदा गरेका छन् । नेपालीले भव्य रुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन सोमबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रातभर जाग्राम बसेपछि १५ दिन लामो यो पर्व समापन गरिएको हो । शास्त्रअनुसार गर्नुपर्ने सबै Read More…

धर्म संस्कृती

आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन

काठमाडौं । हरेक वर्ष भदौ कृष्णऔँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर मनाउँदै छन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजको दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र Read More…

धर्म संस्कृती

चुलाचुलीमा अनेम संघद्वारा तीज विशेष कार्यक्रम सम्पन्न

चुलाचुली । अनेम संघ चुलाचुली गाउँ कमिटीको प्रमुख आयोजनामा, नेकपा एमाले चुलाचुलीको समन्वय तथा वडा नं. २ कमिटीको व्यवस्थापनमा बिहिवार स्वामी चौकमामा तीज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। अनेम संघ चुलाचुलीकी अध्यक्ष हेमकला बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा चुलाचुली इन्चार्ज ओम नारायण खनाल प्रमुख अतिथि रहेका थिए। अतिथि Read More…

धर्म संस्कृती

खिर खाएर साउन १५ मनाइँदै

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही-च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने Read More…

धर्म संस्कृती

‘कृष्णथुक्की’ मा रथयात्रा सहित भब्य रुपमा कृष्ण जन्माष्टमी मनाउँने तयारी

मेचीनगर । मेचीनगरको सुदुर पूर्व उत्तरमा रहेको एतिहासिक धार्मिक तथा पर्यटकीय स्थल कृष्ण थुम्कीमा यस वर्ष बृहत कार्यक्रमको साथ श्री कृष्ण जन्माष्टमी मनाइने भएको छ । रथयात्रा सहित आयोजना हुने सो कार्यक्रम तीन दिन सम्म सञ्चालन हुने आयोजकले शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । हरेक वर्ष एक दिवसीय कार्यक्रम गर्दै आएको कृष्णथुम्की संरक्षण Read More…

धर्म संस्कृती

४९ धारा मनसा नागदेवीमा तीन दिवसीय भव्य धार्मिक महोत्सव: अनौठो माछाबाट सुरु भएको आस्थाको यात्रा आज पर्यटकीय स्थलमा परिणत

मेचीनगर । मेचीनगर–१ स्थित ऐतिहासिक एवं धार्मिक महत्व बोकेको ४९ धारा मनसा नागदेवी हिले सिमसार क्षेत्रमा नाग पञ्चमीको अवसर पारेर तीन दिवसीय धार्मिक कार्यक्रम आयोजना हुने भएको छ। आयोजक समितिका अनुसार साउन ११ गतेदेखि १३ गतेसम्म विशेष धार्मिक, सांस्कृतिक तथा पूजाआर्जनात्मक कार्यक्रमहरू हुनेछन्। मच्छ्य देवता र नाग देवताको वासस्थलको रूपमा मानिने यस क्षेत्रमा प्रत्येक वर्ष Read More…