राजनीति समाचार

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई आज बिहान पक्राउ गरेकाे हाे । उनलाई भेपमार्फत सुन तस्करीको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको हो। ब्युरोले महरासँग सम्बन्धित एक सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको थियो। केही दिन अघि मात्रै महरामाथि अनुसन्धान गर्न ब्युरोले बयान लिएको थियो। यसअघि पनि, २०८० Read More…

राजनीति विचार

अग्रणी समाज सुधारक : विपी

राजेन्द्र गौतम झापा । लेखकीय सत्ता स्थापना गर्ने प्रवृत्त नाम हो, विश्वेश्वरप्रसाद कोइराला । राजनीतिमा विपी कोइरालाको छवि प्रजातान्त्रिक समाजवादको प्रवर्तक हो । लेखन र राजनीतिलाई एकसाथ पर्गेल्ने सामर्थ्य नै विपी विविधता हो । विपी बिचार हो, विपी चिन्तन र चेतनाको पुञ्ज हो । नकि, कसैको भजन गाउने यन्त्रमानव । यी विपी कोइरालाका कर्मका कुरा Read More…

राजनीति

गौरादह ३ का वडाध्यक्ष भण्डारी एमालेमा प्रवेश, पूर्व स्वतन्त्र जनप्रतिनिधिको प्रवेशसँगै एमाले थप सशक्त

गौरादह । गौरादह नगरपालिका वडा नं. ३ का वडाध्यक्ष दिलिप भण्डारी नेकपा एमाले मा औपचारिक रूपमा प्रवेश गरेका छन्। पार्टी प्रवेशको अवसरमा उनलाई नेकपा एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका हुन्। नेकपा (एमाले) झापा जिल्ला कमिटीका सचिव तुलसी कार्कीका अनुसार भण्डारीलाई पार्टी अध्यक्ष ओली स्वयंले स्वागत गर्दै पार्टीमा प्रवेश गराएका हुन् Read More…

राजनीति

वर्तमान सरकार भ्रष्टाचारको चंगोलमा फसेको छ : अध्यक्ष लिङ्गदेन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्गदेनले वर्तमान सरकारलाई भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाएका छन् । शनिबार झापाको मेचीनगरमा आयोजित राप्रपाको पाँचौं नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्गदेनले देशको शासन व्यवस्था नै भ्रष्टाचारबाट ग्रसित भएको टिप्पणी गरे । “आज देशमा सुशासन छैन, भ्रष्टाचार मौलाएको छ । देशका दुई ठुला दल नेकपा एमाले र Read More…

राजनीति संघ \संस्था

कोशी प्रदेशका मन्त्रीसहितको टोलीद्वारा बिर्तामोडमा हुने विज्ञान प्रदर्शनीस्थलको निरीक्षण

बिर्तामोड । कोशी प्रदेशका मन्त्रीसहितको टोलीले प्रदेशस्तरीय प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनी स्थलको स्थलगत निरीक्षण गरेको छ । बिर्तामोड–५ स्थित देबी माविमा यही जेठ २४, २५ र २६ गते हुने कोशी प्रदेशस्तरीय प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनी स्थलको कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा लगायतले Read More…

राजनीति

रास्वपा मेचीनगर सभापतिमा सन्तोष राजवंशी, क्षेत्रीय सभापतिमा असिम दाहाल सर्वसम्मत चयन

मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मेचीनगरको सभापतिमा सन्तोष राजवंशी चयन भएका छन् । सोमबार काँकरभिट्टामा सम्पन्न पार्टीको प्रथम नगर अधिवेशनबाट १३ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको हो । सभापतिमा चयन भएका राजवंशी यसअघि नगर उपसभापति थिए । उनी मेचीनगरको धुलाबारी निवासी हुन् ।   अधिवेशनबाट उपसभापतिमा पुरुषोत्तम काफ्ले, सचिवमा शिशिर पोखरेल, सहसचिवमा गोकुल अधिकारी चयन भएका Read More…

राजनीति

प्रेस चौतारी झापाको रचनात्मक प्रयास : प्रेस स्वतन्त्रताको पक्षमा बलियो ढंगले प्रस्तुत हुने सम्पादकहरुको प्रतिवद्धता

झापा । प्रेस चौतारी नेपाल झापाले आज एउटा रचनात्मक कार्यक्रमको सुरुवात गरेको छ । छापा माध्यम, रेडियो र टेलिभिजनका समाचार सम्पादकहरुलाई एकै ठाउँमा भेला गरी वर्तमानमा ती माध्यमका चुनौती माथि वृहङ्गम छलफल गरेका हुन् । सो कार्यक्रममा सम्पादकहरुले प्रेस स्वतन्त्रता माथि नै प्रहार हुने गरी भइरहेको हस्तक्षेप विरुद्ध एक भएको सन्देश दिँदै प्रतिवद्धता पनि सार्वजनिक Read More…

अर्थ राजनीति

एमालेले गर्यो जनजागरण सभाको हिसाब किताब सार्वजनिक, १२ लाख ६५ हजार खर्च

झापा । नेकपा एमाले कोशीले झापाको दमकमा आयोजना गरेको प्रदेश स्तरीय जनजागरण सभाको खर्च सार्वजनिक गरेको छ । गणतन्त्र र सङ्घीयता विरोधी हर्कतका विरोधमा आयोजना गरेको सभामा १२ लाख ६५हजार खर्च भएको एमालेले जनाएको छ । प्रेस चौतारी झापाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले यस पटक कोशीमा नयाँ अभ्यास Read More…

राजनीति

झापाको दमकमा हुने एमालेको जनजागरण सभाको तयारी पुरा

दमक । झापाको दमकमा नेकपा एमालेले गर्ने जनजागरण सभामा एक लाख मानिस उतार्ने भएको छ । भोली चैत ३० गते दमकको पशुहाटमा हुने सभाको प्रचारका लागि आज मोटरसाइकल र्याली गरिएको छ । दमकदेखि शुरु भएको र्याली गौरीगन्जमा गएर टुगिएको थियो । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका ईञ्चार्ज शेरधन राईले कोशी प्रदेशका सबै Read More…

राजनीति

पथरी शनिश्चरे नगर एमाले नेतृत्वका लागि कार्कीको चर्चा बढी

सागर गौतम मोरङ । यतिबेला नगरको सत्तासीन राजनीतिक पार्टी नेकपा (एमाले) को दोस्रो नगर अधिवेशनको सरगर्मी बढेको छ । संगठन कमिटी संयोजक रमेश दाहालले नेतृत्व छाड्दै गर्दा आकांक्षी ४ जनाबीच यो ताज कसले लेला सर्वत्र चर्चाको विषय बनेको छ । आफ्नो उम्मेदवारी सार्वजनिक गर्नुहुने चारजनामा क्रमशः प्रकाशबहादुर कार्की, सञ्जीव गिरी, बाबुराम ऐङदेन र यामनाथ गुरागाइँ हुनुहुन्छ Read More…