शिक्षा संघ \संस्था

एन प्याब्सनको झापाको अन्तरविद्यालय खेलकुद प्रतियोगिता जारी, आज एमिटीमा दौड, लमजम र हाइजम सम्पन्न

मेचीनगर । एन प्याब्सन झापाको आयोजना शनिबारबाट सुरु भएको अन्तरविद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार मेचीनगर –६ स्थित एमिटी पब्लिक स्कूलमा एकसय मिटर दौड तथा हाइजम र लमजम प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा झापा जिल्लाका तीन वटा विद्यालयहरुले सहभागिता जनाएका थिए । तीनवटै विद्यामा छात्र –छात्राहरुबीच प्रतिष्पर्धा भएको थियो । आयोजकले एकसय मिटरको दौड प्रतियोगिता Read More…

संघ \संस्था

जेनजी आन्दोलनमा क्षतिग्रस्त दमक प्रहरी समिक्षालय भवन पुनःनिर्माण पश्चात् सञ्चालनमा

दमक । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको इलाका प्रहरी कार्यालय दमकअन्तर्गतको समिक्षालय भवन पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याइएको छ। स्थानीय शैक्षिक परामर्श व्यवसायीहरूले करिब ६ लाख रुपैयाँ सहयोग जुटाएपछि सो भवनको पुनर्निर्माण सम्भव भएको हो। दमक उद्योग वाणिज्य संघको सक्रिय पहलमा यस क्षेत्रका व्यवसायी तथा सहयोगी दाताहरूलाई समेटेर प्रहरी कार्यालय पुनर्निर्माण अभियान सञ्चालन गरिएको थियो। Read More…

शिक्षा संघ \संस्था

केर्खा पब्लिक स्काउट दलको पहिलो दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न

झापा । कमल केर्खा पब्लिक स्कुलमा सञ्चालित केर्खा पब्लिक स्काउट दलको प्रथम दीक्षान्त समारोह मंगलबार एक विशेष आयोजनासहित सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि कमल गाउँपालिका स्थानीय प्रमुख आयुक्त गुणराज गिरी रहेका थिए। सो समारोहमा कोशी प्रदेश स्काउट परिषदका सदस्य माया सिवाकोटी, प्याब्सन कमल अध्यक्ष दिपक संग्रौला, एडभान्स स्काउटर मात्रिका सुबेदी, ज्योति मा.वि.का स्काउट मास्टर Read More…

संघ \संस्था

आराध्य बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न

मेचीनगर । मेचीनगर –७ स्थित आराध्य बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । मेचीनगर – ८ स्थित किरात याक्थुङ् चुम्लुङ्को सभाहलमा आयोजित साधारण सभाको उद्घाटन् मेचीनगर— ८ का वडाध्यक्ष गिरीराज धमलाले गरेका थिए । गाउँमा छरिएर रहेको साना – साना पुँजीहरुलाई एकीकृत गरेर सदस्यहरुको जीवन स्तर उकास्ने Read More…

संघ \संस्था स्वास्थ्य

मेचीनगरले मनकामना अस्पतालको सेवा बन्द गर्न निर्देशन

मेचीनगर । मेचीनगर नगरपालिकाले मनकामना अस्पताल प्रा.लि. लाई तत्कालका लागि अस्पतालका सम्पूर्ण सेवा बन्द गर्न निर्देशन दिएको छ। नगरपालिकाको स्वास्थ्य शाखाको मिति २०८२ असोज ३० गते च.न. १४४८ नम्बरको पत्रद्वारा मेचीनगर–१३ चारआली स्थित मनकामना अस्पताललाई नियमानुसार दर्ता र अस्पताल संचालन स्वीकृति सम्बन्धी आवश्यक कागजात सहित उपस्थित हुन आग्रह गरेको थियो । तर अस्पतालले सो निर्देशनअनुसार Read More…

संघ \संस्था

मिडिया र पत्रकारको सुरक्षा सुनिश्चित गर्न प्रेस चौतारी झापाको माग

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले पत्रकारको सुरक्षा, स्वतन्त्रता र निष्पक्ष पत्रकारिताको वातावरण सुनिश्चित गर्न स्थानीय प्रशासन र सम्बन्धित निकायसँग जोडदार माग गरेको छ । आइतबार अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा तथा सङ्गठनका केन्द्रीय सदस्य एवं झापा जिल्ला इन्चार्ज माधव विद्रोहीको प्रमुख आतिथ्यमा भएको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले गत भदौ २३ गते जेनजी Read More…

संघ \संस्था

मेचीनगरले गर्यो करार तथा ज्यालादारी कर्मचारीहरूको करार सम्झौता रद्द

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले अस्थायी, करार तथा ज्यालादारी सेवामा कार्यरत कर्मचारीहरूको करार सम्झौता रद्द गर्ने निर्णय गरेको छ। नगरपालिका स्रोतका अनुसार २०८२ साल कात्तिक १ गतेदेखि लागु हुने गरी १३८ देखि १४३ जना कर्मचारीको करार सम्झौता रद्द गरी उनीहरूलाई हाजिर नगराउने निर्णय गरिएको हो। नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय, नेपाल सरकार प्रदेश तथा स्थानीय तहमा Read More…

संघ \संस्था

मानव–हात्ती सहअस्तित्वका लागि सामुदायिक एकता आवश्यक : नगरप्रमुख बुढाथोकी

मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले मानव–हात्ती सहअस्तित्वका लागि सामुदायिक एकता आवश्यक रहेको बताएका छन् । शुक्रबार बाहुण्डाँगीमा आयोजित मानव–हात्ती द्वन्द व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चको सातौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै नगरप्रमुख बुढाथोकीले मानव–हात्ती द्वन्द न्यूनीकरणका लागि सामुदायिक सहकार्य, संरक्षण सचेतना र वन्यजन्तुसँग सहअस्तित्वलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुपर्ने बताए । उनले पछिल्लो समय मेचीनगरको Read More…

संघ \संस्था

मेचीनगरमा जेन–जी आन्दोलनका क्रममा तीन करोड ३३ लाख बढीको क्षति

मेचीनगर । गत भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा मेचीनगर नगरपालिका कार्यालय र मातहतका वडा कार्यालयहरूमा व्यापक क्षति पुगेको छ। नगरपालिकाले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार नगर कार्यपालिकाको कार्यालय र नगरको १५ वटा वडामध्ये १३ वटा वडा कार्यालयमा आगजनीबाट करिब रु. ३ करोड ३३ लाख २८ हजार १९८ रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक मूल्याङ्कन गरिएको Read More…

विचार संघ \संस्था

फ्रन्टलाइनरमा खटिने प्रहरीको मनोबल उकास्न ढिला नगरौं

काठमाडौं । जेनजी आन्दोलनमा भौतिक र मानवीय क्षति बेहोरेर मनोबल गिरेको प्रहरी अहिले पनि त्रसित छ ।आफ्ना आँखै अगाडि सहकर्मीलाई कुटीकुटी मारिएको दृश्य ताजै छ । बर्दी फुकालेर आत्मसमर्पण गरेर बाँच्नु परेको पीडा आलै छ । ढल मिसिएको खोलैखोला भाग्दा पनि किनारबाट ढुंगा बर्साएको कुरूप दृश्य पनि आँखै अगाडि नाचिरहन्छ । यी घटनाले प्रहरी झस्किरहन्छन् Read More…