समाचार

बाेलीका पक्का अोली, गोकुललाई पनि छाडेनन्

काठमाडौं । अडियो प्रकरणका मुछिएर चौतर्फी अालोचीत भएका मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका छन् । केपी शर्मा ओली सरकारका सबैभन्दा चर्चित्, सबैभन्दा विवादास्पद, सबैभन्दा आलोचित र सबैभन्दा प्रसंशित मन्त्री बाँस्कोटाले राजीनामा दिएका हुन ।

सरकारको बचाउमा सबैभन्दा प्रखर रुपमा बोल्ने उनै थिए । प्रधानमन्त्री केपी शर्मा ओलीसँग व्यक्तिगत रुपमा सबैभन्दा नजिक पनि बाँस्कोटा नै थिए । प्रधानमन्त्री ओलीसँग बाँस्कोटा कतिसम्म नजिक थिए भने ओलीको भक्तपुर स्थित घरमै बसिरहेका छन् ।

तर, उनै ओलीले बाँस्कोटासँग निर्मम तरिकाले राजीनामा मागे । धेरैलाई लागेको थियो– बाँस्कोटालाई चोख्याउन र जोगाउन प्रधानमन्त्रीले प्रयास गर्नेछन् । तर, प्रधानमन्त्री ओलीले वचन पूरा गरे । उनले गल्ती गर्ने आफ्नालाई पनि छाड्दिन भनेर बारम्बार भनिरहेका छन् । आफ्ना सबैभन्दा नजिकका मन्त्रीलाई राजीनामा दिन लगाएर ओलीले बोली पक्का गरेका छन् ।

प्रधानमन्त्री अोलीले गाेकुललाई बचाउन कुनै कसर बाँकी राख्दैनन् भन्ने नेपाली कांग्रेसकाे विष्लेशण थियाे । तर, कांग्रेस गलत सावित भयाे । प्रधानमन्त्रीले अोलीले अाफ्नाे सरकारकाे निष्ठा र नैतिकतामा कुनै दाग लाग्न दिन्न भनी बारम्बार गरेकाे सार्वजनिक प्रतिवद्धताबाट पछाडि हटेनन् । उनले गाेकुललाई राजीनामा गराए ।

गत साता बाँस्कोटाको गृहजिल्ला पुगेर प्रधानमन्त्री ओलीले अरु सबै मन्त्री एकातिर, गोकुल बाँस्कोटा अर्कातिर गर्दा पनि गोकुल नै भारी हुने बताएका थिए । तर, अडियो प्रकरण आउनासाथ प्रधानमन्त्री ओली गोकुलसँग बट्टारिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *