संघ \संस्था

वडाको मुहार फेर्छौं: वडाध्यक्ष थापामगर

झापा, फागुन ८ । भौगोलिक रुपमा विकट वडाको रुपमा रहेको मेचीनगर वडा नम्बर ५को मुहार पछिल्लो समय फेरीन थालेको छ । देशमा जननिर्वाचित प्रतिनिधि आए सँगै वडाको मुहार फेरीन थालेको हो ।

मेचीनगर – ५ का जनप्रतिनिधीहरू

जननिर्वाचीत प्रतिनिधि नहुँदा देशले लामोसमयसम्म विकासको गति लिन सकेको थिएन । तर, पछिल्लो अढाई वर्षयता २० वर्षमा हुन नसकेका विकास निर्माणका महत्वपूर्ण कामहरु तीव्र रुपमा हुन थालेका छन् | भौगोलिक रुपमा विकट वडाको रुपमा परिचित सो वडामा पुल पुलेसा तथा ग्राभेल सडक निर्माणले प्राथमिकता पाउन थालेको छ ।

‘जनप्रतिनिधिको रुपमा निर्वा्चित भएर आएसँगै वडाको विकासमा निरन्तर सक्रिय भएर लागेका छौं ।’ वडा अध्यक्ष योगेन्द्र थापा मगर भन्छन्–‘अघिल्लो आर्थिक वर्षमा अँधेरी खोला, घैलाडुब्बा खोला र आङ्देम्बे खोल्सीमा पुल निर्माण गरेका छौं । वडामा अझै धेरै पुल पुलेसा निर्माण गर्नुपर्ने छ । वडाका पुराना सडकमा ग्राभेल तथा स्तरोन्नती गरिएपनि नयाँ निर्माण भएका सडक ग्राभेल हुन सकेका छैनन् । कतिपय टोलमा अझै टेलिफोन सेवा उपलब्ध हुन सकेको छैन ।’त्यसलाई प्राथमिकताका आधारमा पुरा गर्ने योजना छ ।

वडाध्यक्षमा निर्वाचित भए पश्चात् अामा र श्रीमती संग

वडामा कालोपत्र सडक पुग्न नसकेकाले यस आर्थिक वर्षबाट वडा बजेटबाटै भएपनि सुरेन्द्रनगर मार्गमा कालोपत्रे सडक निर्माणको थालनी गर्ने र क्रमशः यसलाई निरन्तरता दिने वडा अध्यक्ष थापाको भनाई छ । यस आर्थिक वर्षमा वडाले विकास निर्माणमा ३करोड ५९लाख रुपैयाँ भित्रियाउन सफल भएको छ ।

जसमध्ये १ करोड ३० वडा बजेटबाट ८५ लाख नगरबजेट र १ करोड ४४ लाख प्रदेश सरकारबाट प्राप्त भएको छ । भने सो बजेटबाट मेची आधारभूत विद्यालयको चिल्ड्रन पार्क , पिपल डाडामा ड्रेन निर्माण जनता राज पैनीको स्लाव कल्भर्ड कियाचुको सामुदायिक भवन लगायत निर्माणका थुप्रै योजनाहरु पुरा गरिसकेको वडा अध्यक्ष थापाको भनाई छ ।

प्रदेश सरकारबाट प्राप्त रकम मध्ये घोडाजिन पैनी मर्मतको लागि १४ लाख पानेपानी बोरिङ तथा पाईप विस्तारको लागि ४५ लाख नकलबन्दा आर्याघाट निर्माणमा १० लाख ,सुन्दर युवा कल्वमा ५ लाख तथा पाथिभरा टोल पश्चिम घैलाडुब्बा खोलामा पुल निर्माणको लागि थप २० लाख तथा सडक निर्माणमा ५० लाख रुपैँया प्राप्त भएर काम सम्पन्न गरिएको तथा केहि पुराहुने क्रममा रहेको उनको भनाई छ ।

निर्माणधिन पुलको अनुगमन गर्दै वडा अध्यक्ष थापामगर सहितको टिम

गत आर्थिक वर्ष २०७५/०७६ मा १ करोड ४० लाख रकम वडाले प्राप्त गरेको थियो । वडाको विकासका लागि प्रदेश सरकारबाट अघिल्लो आर्थिक वर्षमा समेत २३ लाख रकम प्राप्त भएको थियो । उक्त बजेटमध्ये घोडाजिनमा १० लाखको लागतमा ड्रेन निर्माण, सुरेन्द्रनगर सहकारी संस्थालाई १२ लाख तथा शिव मन्दिर निर्माणमा ३ लाख प्राप्त भएको थियो ।

वडावासीलाई उपचारमा सहयोग पुर्याउने लक्ष्यका साथ वडामा प्राथमिक स्वास्थ्य केन्द्र निर्माण गरिएको छ । सामान्य प्रकारका बिरामीको उपचार स्थानीयस्तरमै हुने गरेको वडा अध्यक्ष थापाले बताए।

केहीवर्ष अघिसम्म खानेपानीको संकट व्यहोर्दे आएका वडावासीले अहिले भने खानेपानीको समस्याबाट मुक्त भएका छन् । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्था मार्फत सो वडामा शुद्ध खानेपानी वितरण भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *