विश्व

कोरोनाको कहर: मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

काठमाडौं, चैत २९ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा १ लाख २ हजार ६९३ जनाको मृत्यु भइसकेको छ । विश्वमा २१० देशमा पुगेको कोरोना भाइरसबाट १६ लाख ९७ हजार ८ सय जना संक्रमित भएका छन् ।

विश्वव्यापीरुपमा एकै दिन कोरोनाका कारण ७ हजार ९ जनाको मृत्यु भएको छ भने एकै दिन ९४ हजार बढीमा संक्रमण देखिएको छ ।

चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ । अमेरिकामा शनिबार बिहान सम्ममा एकैदिन २ हजार ४३ जनाको मृत्यु भएको छ ।

यससँगै अमेरिकामा हालसम्म १८ हजार ७२५ पुगेको छ । हालसम्म सबैभन्दा बढी मानिसहरुको मृत्यु भएको इटालीमा हो । इटालीमा हालसम्म १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।

त्यस्तै अमेरिकामा हालसम्म संक्रमितको संख्या ५ लाख नाघेको छ । अहिलेसम्म अमेरिकामा ५ लाख १ हजार ८ सय ८० जना संक्रमित भेटिएको , जसमध्ये पछिल्लो २४ घन्टामा मात्रै ३३ हजार ३ सय १४ नयाँ संक्रमित देखिएका हुन् ।

२ सय १० र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिँदा साढे १६ लाख भन्दा धेरै मानिसमा कोरोना सङ्क्रमण भएको छ ।

यस्तै इटालीमा साढे १८ हजारभन्दा धेरै, स्पेनमा १६ हजारभन्दा धेरै, फ्रान्समा १३ हजारभन्दा धेरै, बेलायतमा झण्डै ९ हजार मानिसको ज्यान गएको छ । यसैबीच इटलीका प्रधानमन्त्रीले आउँदो मे ३ तारिख अर्थात वैशाख २१ गतेसम्मका लागि लकडाउन बढाउने घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *