संघ \संस्था

मेचीनगर ८ द्वारा चिया मजदुरलाई राहत वितरण

झापा, चैत २९ । मेचीनगर नगरपालिका वडा नम्बर ८ वडा कार्यालयले चिया मजदुरलाई खाद्यन्न दिएको छ । विपद व्यवस्थापन समिति मेचीनगर ८ वडा कार्यालयको अनुरोधमा विभिन्न दाताहरुको सहयोगबाट संकलीत राहत सामाग्री वडा कार्यालयले शनिबार बितरण गरेको हो ।

टोकला बगानमा कार्यरत करिब २५० घर मजदुर परिवारलाई राहत सामाग्री वितरण गरीएको मेचीनगर ८ का वडा सदस्य सन्तोष मेचेले बताए । प्रत्येक परिवारलाई राहत स्वरुप १० केजी चामल, ३ केजी आलुका दरले खाद्यन्न सामाग्री वितरण गरीएको सदस्य मेचेले जानकारी दिए ।

वडाले विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को रोकथामका लागी नेपाल सरकारले गरेको लकडाउन कारण अतिविपन्न र ज्याला मजदुरी गरेर छाक टार्ने परिवारलाई समस्या भएको भन्दै त्यस्ता परिवारको छनौट गरी वडा कार्यलयले यस अघि नै वडाका ५६० अति विपन्न परिवारलाई राहत वितरण गरीसकेको वडा कार्यालयले जनाएको छ ।

जसमा वडाका ४ जना सम्म भएको परिवारलाई १० केजी चामल, ३ केजी आलु , २ केजी दाल, आधा लिटर तेल र १ प्याकेट नुन तथा ४ जना भन्दा माथी संख्या भएको परिवारलाई १५ केजी चामल सहित ३ केजी आलु, २ केजी दाल, आधा लिटर तेल र १ प्याकेट नुन वितरण गरीएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *