स्वास्थ्य

विराटनगरमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर, भदौ १० । विराटनगरमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर–११ मा बस्दै आएकी ४४ वर्षीया महिलाको गएराति ८ बजे उपचारका क्रममा मृत्यु भएको हो । यससंगै विराटनगरमा कोरोना संक्रमणबाट २ महिला र ९ पुरुषको मृत्यु भइसकेको छ ।

मोरङको बूढीगंगा गाउँपालिका–२ टंकीसिनवारीस्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा महिलाको मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि संक्रमित महिलालाई मंगलबार दिउँसो अस्पतालमा भर्ना गरिएको थियो ।

कोसी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षण रिपोर्ट पोजिटिभ आएको केही बेरमै उपचाररत महिलाको मृत्यु भएको विराट शिक्षण अस्पतालका प्रशासन प्रमुख सुधीर राठौरले जानकारी दिए ।