विविध

कुलमान घिसिङलाई बधाईको ओईरोे, सरकार नै चकित

काठमाडौं, भदौ १० । मंगलबार साँझदेखि सामाजिक सञ्जालमा नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई एकाएक बधाइ र शुभकामना सन्देशको ओईरो लागीरहेको छ । कार्यकारी निर्देशक घिसिङको कार्यकाल सकिने समय नजिकिदै गर्दा दोस्रो कार्यकालका लागि सरकारले उनलाई पुनः नियुक्त गर्ने निर्णय गरेको भन्दै सञ्चारमाध्यमहरु र सामाजिक सञ्जालहरु रंगिए ।

यद्यपी सो बारे कुनै निर्णय नभएको र मन्त्रिपरिषदमा प्रस्तान पनि नलगगिएको उर्जामन्त्री बर्षमान पुनले स्पष्ट पारिसकेका छन् । अधिकांश फेसबुक र ट्वीटर प्रयोगकर्ताहरुले उनलाई बधाई र शुभकामना दिन भ्याए ।

कुलमान नेपालीका एक त्यस्ता प्रिय पात्र हुन् जसले दैनिक १८ घण्टा लामो कहालिपूर्ण लोडसेडिङको अन्त्य गरिदिएका छन् । उज्यालो नेपालका अभियन्ता घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ ।

सर्वसाधारणलाई उनको बहिर्गमनपछि फेरि अन्धकारमा बस्नु पर्ने पो हो की भन्ने आशंका उब्जिएकाले पनि उनी यती धेरै चर्चाका पात्र बनेका हुन् । लामो समय घाटामा रहेको बिद्युत प्राधिकरणलाई उनी आएदेखि निरन्तर नाफाको बाटोमा पुर्याए । लामो समय लोडसेडिङको समस्या संग जुधिरहेको नेपाललाई कुलमानले प्राधिकरणको नेतृत्व सम्हालेपछि उज्यालो नेपालमा परिणत गरेका थिए ।

घिसिङको कार्यकाल सकिन लाग्दा आम जनताले सरकारलाई पुनः कार्यकालको अवधि थप्न माग गर्दै समाजिक सञ्जाल लगायतका माध्यमबाट आवाज उठाई रहेका छन् । यतिबेला सामाजिक सञ्जालमा कुलमानको पुनः नियुक्तको खबरले सरकार नै चकित बनेको छ ।

घिसिङलाई विद्युत् प्राधिकरणमा दोहोर्‍याउनेबारे मङ्गलबारको मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव नै पुगेको थिएन । २९ गते कार्यकाल सकिने कुलमानको बारेमा आगामी मन्त्रिपरिषदमा प्रस्ताव लग्न सक्ने तर मङ्गलबारको मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव नै नजाँदै समय थपिएको खबर भाइरल भएपछि मन्त्रीहरु नै छक्क परेका छन् ।