संघ \संस्था

जलविद्युत पत्रकार समाजको अध्यक्षमा कोइराला, महासचीवमा निरौला चयन

कास्की, कार्तिक १७ । जलविद्युत क्षेत्रमा कलम चलाउदैं आएका पत्रकारहरुको राष्ट्रिय भेलाले जलविद्युत पत्रकार समाज गठन गरेको छ । आइतबार कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सातै प्रदेशका पत्रकारहरुको भेलाले कास्कीका भरत कोइरालाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्ष दिपक ज्ञवाली (रुपन्देही) महासचिवमा ज्ञानेन्द्र निरौला (झापा), सचिवमा कृष्ण दवाडी (कास्की), कोषाध्यक्षमा तारा चापागाईं (कास्की) चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा मिलन विश्वकर्मा (काठमाडौं), बलराम बुढाथोकी (काठमाडौं), अक्कल कुँवर (काठमाडौं), प्रतिक इच्छुक शर्मा (सल्यान), अनिता घिमिरे (कास्की) चयन भएका छन् । एक उपाध्यक्ष सहित दुई सदस्य भने पछि मनोनयन गरिने महासचिव निरौलाले बताउनु भयो ।

यस्तै, भेलाले सल्लाहकार समेत चयन गरेको छ । सल्लाहकारमा नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष पुन्य पौडेल, राष्ट्रिय समाचार समितिका उप–सम्पादक जीवन भण्डारी चयन भएका छन् ।

यस्तै, भेलाले ५ बुँदे माछापुच्छ्रे घोषणा पत्र समेत जारी गरेको छ । घोषणपत्रमा जलविद्युत क्षेत्रमा रिपोर्टीङ गर्ने पत्रकारहरुको क्षमता अभिबृद्धि गर्नृे, जलविद्युतका सम्भावना, चुनौती र पवद्र्धन सहयोग गर्ने तथा तिनै तहका सरकारलाई जलविद्युत नीति निर्माण गर्न माग गर्ने उल्लेख छ ।