खेलकुद

आईपीएल: चेन्नई विजयी, पञ्जाव पहिलो चरणबाटै बाहिरियो

काठमाडौं, कात्तिक १७ । किंग्स एलाभेन पञ्जाव पनि ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको समुहचरणबाटै बाहिरिएको छ । लिगको ५३ औ खेलमा चेन्नई सुपर किंग्ससंग ९ विकेटले पराजित हुदै पञ्जाव समुहचरणमै रोकिएको हो । यसअघि नै प्रतियोगीताबाट बाहिरिसकेको चेन्नईले भने सिजनको सुखद अन्त्य गरेको छ ।

पञ्जावले दिएको १ सय ५४ रनको लक्ष्य चेन्नईले ७ बल अगाबै १ विकेट गुमाएर भेट्टायो । उसलाई सहज जित दिलाउन फाफ डुप्लेसीसले ४८ रनको योगदान गरे । रुतुराज गायकवाड ६२ र आम्बाती रायडु ३० रनमा अबिजित रहदै टोलीलाई शानदार जित दिलाए । पञ्जावका क्रिस जोर्डनले एक विकेट लिए ।

यसअघि आबुदाबीस्थित शेख जेयाद अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेको चेन्नईले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको पञ्जावले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रनको मध्यम योगफल तयार पारेको थियो । दिपक होड्डाले सर्बाधिक ६२ रन बनाएको पञ्जावको ईनिङसमा कप्तान लोकेश राहुलले २९ र मयांक अग्रवालले २६ रन बनाए ।

मन्दिप सिंहले १४ र क्रिस गेलले १२ रन जोडे । चेन्नईका लुंगी निग्दीले ३ तथा सारदुल ठाकुर, ईमरान ताहिर र रबिन्द्र जडेजाले समान एक विकेट लिए ।