अर्थ

जनप्रतिनिधिले सामाजिक सुरक्षा भत्ता घरघरमै पर्‍याउदा वडावासी खुशी

मेचीनगर, कात्तिक १६ । आफुले भोट दिएर जिताएका जनप्रतिनिधिहरुले अप्ठेरो वा समस्याको बेलामा सहयोग गर्दा जो कोही पनि खुशी हुने नै भए । त्यसमा पनि नेपालीहरुको महान् पर्व दशैंका बेला कहाबाट पैसा जोहो गर्ने भन्ने ठुलो चिन्ता भईरहेको बेला जनप्रतिनिधिले सामाजिक सुरक्षा भत्ता लिएर जनताको घरघरमै पुगी वडावासीलाई खुशी दिदै सहयोग गरिरहेका छन् ।

दशैंको मुखमाा सामाजिक सुरक्षा भत्ता नपाएपछि अधिकांश एकल महिला र वृद्धवृद्धा चिन्तित बनिरहेको अवस्थामा मेचीनगर नगरपालिका वडा नम्बर ८ का वडा सदस्य एवम् कार्यवाहक वडाध्यक्ष सन्तोष मेचेको टोली भत्ता लिएर घरमै आएपछि नागरिक खुशी भएका हुन् ।

कोरोना भाईरस कोभिड–१९ को संक्रमणको जोखिमको बेला वडाका १७५० जनालाई सामाजिक सुरक्षा भत्ता वापतको रकम वडाले घरघरमै सेवा दिइरहेको छ ।

हाम्रो वडामा सामाजिक सुरक्षा भत्ता पाउने अधिकांश हुने खाने भन्दा हुँदा खाने बढी छन् त्यसैले हामीले दशैको बिच पनि भत्ता बितरण कार्य अगाडी बढाउनु हाम्रो दायित्व रहेको र सो कार्य अगाडी बढाएको कार्यवाहकवडाध्यक्ष मेचेले बताए ।

मेचेले भने “कोभिड –१९ को सङ्क्रमण हुने डरले घरबाट बाहिर जान सक्ने अवस्था छैन । आम्दानीको स्रोत नभएका लागि भत्ता नै दशैं खर्च हुने ठानेर घरघर पु¥याएर हौं ।”