शिक्षा

मापदण्ड पुरा गरी विद्यालय सञ्चालन गर्न मेचीनगरका सवैपक्ष सहमत, कार्यढाँचा प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड

मेचीनगर, मंसीर १३ । कोरोना भाइरसको त्रासका कारण अघिल्लो शैक्षिक सत्र पुरा भएसँगै बन्द भएका मेचीनगरभित्रका निजी, सामुदायिक तथा धार्मिक विद्यालय सञ्चालन गर्न नगरका सवैपक्ष सहमत भएका छन् । ।नेपाल सरकार शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले कोभिड १९ को सन्दर्भमा तयार गरेको विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७ ले तोकेको मापदण्ड पुरा गरी मेचीनगरभित्रका निजी, सामुदायिक तथा Read More…

संघ \संस्था

अन्जनी मोड युथ क्लबद्वारा विपन्न परिवारलाई न्यानो कपडा वितरण

भद्रपुर, मंसीर १३ । झापाको भद्रपुर नगरपालिका वडा नम्बर ७ स्थित अन्जनी मोड युथ क्लबले जाडोमा न्यानो कपडा वितरण गरेको छ । क्लबले भद्रपुर नगरपालिका वडा नम्बर ७ स्थित बुधकरण टि-स्टेट का अति विपन्न चिया मजदुर र उनका परिवार गरि ४० जनालाई जाडोमा न्यानो कपडा वितरण गरेको हो । सामाजिक कार्यसंगै मानवसेवामा पनि सक्रिय रहेको क्लबले Read More…

खेलकुद

फिफा वरियतामा नेपाल एक स्थान तल झर्‍यो

काठमाण्डौ, मंसीर १३ । नेपाल फिफा वरियतामा एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको पछिल्लो वरियतामा नेपाल एक स्थान चिप्लिदै १ सय ७१ औ स्थानमा पुगेको हो । फिफाले आज जारी गरेको बरियतामा नेपालले अघिल्लो वरियतामा एक स्थान गुमाएको हो । यसअघि नेपाल १ सय ७० औ स्थानमा थियो Read More…