खेलकुद

फिफा वरियतामा नेपाल एक स्थान तल झर्‍यो

काठमाण्डौ, मंसीर १३ । नेपाल फिफा वरियतामा एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको पछिल्लो वरियतामा नेपाल एक स्थान चिप्लिदै १ सय ७१ औ स्थानमा पुगेको हो । फिफाले आज जारी गरेको बरियतामा नेपालले अघिल्लो वरियतामा एक स्थान गुमाएको हो । यसअघि नेपाल १ सय ७० औ स्थानमा थियो ।

कोरोना माहामारीका बिच बंगलादेशसंग २ म्याचको मैत्रीपुर्ण खेलमा एक हार र एक बराबरीको नतिजा निकालेको नेपाल त्यसलगत्तैको वरियतामा एक स्थान खस्किएको हो । नेपाललाई हराएको बंगलादेशले भने ३ स्थान सुधार गरेको छ ।

दक्षिण एसियाली मुलुकमा भारत शिर्ष स्थानमा रहदा माल्दिभ्स दोस्रो र नेपाल तेस्रो स्थानमा छ । पछिल्लो वरियतामा भारतले चार स्थान सुधार गर्दै १ सय ४ औ स्थान हात पारेको छ । माल्दिभ्स १ सय ५५ औं स्थानमा कायम छ । नेपालपछि भुटान १ सय ८९ औं र पाकिस्तान २ सयौ स्थानमा छन । श्रीलंका २ सय ६औं स्थानमा छ ।

फिफाको विश्व वरीयताको शीर्ष ६ स्थानमा कुनै परिवर्तन भएको छैन । बेल्जियम शीर्ष स्थानमा यथावत रहँदा विश्व विजेता फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्लयाण्ड चौथो, पोर्चुगल पाँचौ र स्पेन छैटौं स्थानमा यथावत छन् ।