खेलकुद

प्रिमियर लिग: लिभरपुलद्वारा सिटी पराजित

काठमाण्डौ, मंसीर ८ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लेस्टर सिटीलाई ३–० गोलले पराजित गरेको छ । आज बिहान भएको खेलमा लेस्टर सिटीलाई हराएको लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलको ९ खेलमा २० अंक छ । लिभरपुलसँग हारेको लेस्टरको ९ खेलमा १८ अंक छ । लेस्टर अंक तालिकाको चौथो स्थानमा रहेको छ Read More…

विविध

आजदेखि पूर्वराजा वीरेन्द्रको निजी निवास अवलोकन गर्न पाइने

काठमाडौं, मंसीर ७ । पूर्वराजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ आइतवार आजदेखि अवलोकन गर्न पाइने भएको छ । शनिबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई ‘श्री सदन’ अवलोकनको औपचारिक शुभारम्भ गरेका छन् । आइतवारदेखि सर्वसाधारणले समेत अवलोकन गर्न पाउने नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए । श्री सदनमा Read More…

खेलकुद

एम्बाप्पेको २ गोलले पनि टरेन हार, पीएसजी मोनाकोसँग स्तब्ध

काठमाडौं, मंसीर ६ । केलियन एम्बाप्पेले २ गोल गरेको खेलमा फ्रेन्च लिग वानमा पीएसजी मोनाकोसँग स्तब्ध भएको छ । १० खेलाडीमा समेटिएको पीएसजी घरेलु टोलीसँग ३–२ ले पराजित भएको हो । पीएसजीलाई हराउन मोनाकोका केभिन भोलान्डले दुई तथा सेस फाब्रिगासले एक गोल गरे । पीएसजीका केलियन एमबाप्पेले दुवै गोल गरे पनि हार टार्न सकेनन् । Read More…

खेलकुद

बिग बासमा सन्दिपको टोली परिवर्तन, अब होबर्टबाट खेल्ने

काठमाण्डौं, मंसीर ४ । विश्व चर्चित अष्ट्रेलियन बिग बास क्रिकेट लिग बिबिएलमा नेपाली लेगस्पिनर सन्दिप लामिछानेको टोली परिवर्तन हुने भएको छ । लगातार २ सिजन मेलवर्न स्टार्सबाट लिग खेलेका सन्दिपले यस पटक होबर्ट हुरिकेन्सबाट बिग बास खेल्न लागेका हुन् । यद्यपी क्लब र सन्दिपबिच औपचारिक सम्झौता भने हुन बाँकि छ । क्रिकेट अष्ट्रेलियाले भने सन्दिप Read More…

धर्म संस्कृती समाचार

आज सार्वजनिक बिदा

काठमाडौं, मंसीर २ । सरकारले किजा पूजाको अवसरमा मंसिर २ गते मंगलबार आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गर्दै आज देशभर सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ–संस्था, शिक्षण संस्थाहरु समेतमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो । मन्त्रिपरिषद्को गत २४ गतेको निर्णयानुसार बिदा दिने निर्णय भएको गृह मन्त्रालयका Read More…

धर्म संस्कृती

आज भाइटीका, उत्तम साइत बिहान ११ः३७ बजे

काठमाडौँ, मंसीर १ । यमपञ्चकको आज अन्तिम दिन भाइटीका । दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले Read More…

कला मनोरञ्जन

नेपाल स्टारका कमल र बिशालदेवलाई भोट गर्न आग्रह

युवराज आचार्यझापा, कात्तिक ३० । नेपालको चर्चित रियालिटि सो नेपाल स्टारमा उत्कृष्ट प्रस्तुति दिएर आम दर्शकमाझ प्रिय बनेका छन्, झापाली दुई गायक कमल रसाईली र बिशालदेव श्रेष्ठ । कर्णप्रिय आवाजका कारण अडिसनबाट नै चर्चामा रहेका यी झापाली गायक अहिले भोटिङ राउण्डको चरणमा छन् । जादुमय आवाजका कारण सर्वप्रिय बनेका कमल र बिशालदेवलाई नेपाल स्टार बन्न Read More…

धर्म संस्कृती

आज यमपञ्चकको चौथो दिन: गाई र गोरू पूजा, म्ह पूजा पनि आजै

काठमाडौं, कात्तिक ३० । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोबर्द्धन पूजा गरिँदैछ । वैदिक सनातन कालदेखि नै गाईलाई पवित्र मानी पूजा गरिँदै आएको छ । गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै Read More…

खेलकुद

खुदुनाबारी तेक्वान्दो डोजाङको ग्रेडिङ्ग सम्पन्न

झापा, कात्तिक २९ । खुदुनाबारीमा तेक्वान्दो खेलको ग्रेडिङ्ग कार्य सम्पन्न भएको छ । तेक्वान्दो खेलको उर्भरभूमीको रुपमा रहेको यस क्षेत्रमा ग्रेडिङ्ग भए संगै खेलडीमा उत्साह थपीएको छ । खुदुनाबारी तेक्वान्दो डोजाङ्गले फाल्गुनन्द जयन्तीको अवसर पारेर आयोजना गरेको ग्रेडिङ्गमा ६० जना खेलाडीले विभिन्न कलरका बेल्ड (डान्र) प्राप्त गरेका थिए । खुदुनाबारी डोजाङ्ग प्रमुख होम दुलालको अध्यक्षतामा Read More…

धर्म संस्कृती

बिहान कुकर तिहार, बेलुका लक्ष्मी पूजा

काठमाडौँ, कात्तिक २९ । कात्तिक कृष्ण औँसीको रात धनधान्यकी देवी लक्ष्मीको आराधना गरेर शनिबार लक्ष्मी पूजा मनाइँदै छ । फोहोर र अन्धकार स्थानमा लक्ष्मीले बास नगर्ने भएकोले यो दिन घर आँगन, कोठा, चोटा, बुइँगल, अट्टालिका र घर गोठका कुनाकन्दरा सफा र उज्यालो राखेर लक्ष्मीको स्तूति गर्ने प्रचलन छ । यसै दिन जनैपूर्णिमाका दिन नाडीमा बाँधिएको डोरो गाईको Read More…