विविध

नेपाल तामाङ घेदुङ मेचीनगर समितिको प्रेस विज्ञप्ती

मेचीनगर । नेकपा एमाले मेचीनगर कमिटीको अधिवेशनको क्रममा अध्यक्ष राजु पोख्रेलद्वारा प्रस्तुत प्रतिवेदन प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै नेपाल तामाङ घेदुङ मेचीनगर समितिले प्रेस विज्ञप्ती निकालेको छ ।

विज्ञप्तीमा भनिएको छ प्रतिवेदनमा मेचीनगर कार्यपालिका सदस्य श्री लक्ष्मी तामाङ धोकेबाज भनिएको छ, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बमोजिम पनि प्रत्येक नेपाली नागरिकलाई पार्टी परिवर्तन गर्ने नैसर्गिक अधिकार छ । नेकपा एमाले आफ्नो कारण फुट्यो, फुट्ने क्रममा कोही नेकपा एमाले नै रहे भने कोहीले नेकपा एकिकृत सामाजवादी रोजे ।

नगर अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनको आशय अनुसार श्री लक्ष्मी तामाङले नेकपा एकिकृत समाजवदी पार्टी रोजेको र उक्त कार्य धोका हो भन्दै धोकेबाजको ट्याग लगाइएको छ । हाम्रो सिंगो नेकपा एमाले मेचीनगर कमिटीलाई प्रश्न छ, के लक्ष्मी तामाङ मात्र हो त पार्टी परिवर्तन गर्ने ? नेकपा एकिकृत समाजवादी रोज्ने अरु कसैको नाम उल्लेख नगरी केवल लक्ष्मी तामाङलाई मात्र धोकेबाज र मिडियामा पनि तामाङ धोकेवाज भन्ने शीर्षक उल्लेख हुनुमा संयोग मात्र  हो त ? नेकपा एमालेलाई हाम्रो थप प्रश्न छ । यो देशको तामाङ समुदायलाई तपाईहरुको हेर्ने दृष्टिकोण के हो ? आदिवासी जनजाती समुदाय प्रतिको नीति के हो ? तपाईहरुको दृष्टि र नीति सार्वजनिक गर्नुप¥यो ।

अन्त्यमा यदि नेकपा एमाले पार्टीले आफूलाई लोकतान्त्रिक पार्टी मान्दछ भने नेपालको संविधानलाई स्विकार्छ भने यस्ता गतिविधीहरु गर्दा कुनै पनि जातीय, धार्मिक, साम्प्रदायिक आस्थामा खलल पुग्ने गरीको कार्यहरु पूर्ण रुपमा बन्द गरियोस् भन्ने सुझाव सहित यस्ता अवाञ्छित गतिविधीको सबैले खुलेर विरोध गरौं भन्ने सम्पूर्ण महानुभावहरुलाई हार्दिक अपील गर्दछौं ।

नेपाल तामाङ घेदुङ मेचीनगर समितिको प्रेस विज्ञप्ती