संघ \संस्था

विविध कार्यक्रमका साथ सुरुंगा जेसीजको सप्ताह समापन

बाहुण्डाँगी । सुरुगां जेसीजले सञ्चालन गरेको २०२१ को जेसीज सप्ताह विविध कार्यक्रमका साथ भव्यल रुपमा सम्पन्न गरेको छ ।
कात्तिक ८ गते साइकल रेसबाट उद्घाटन गरेको सप्ताहले विभिन्न कार्यक्रम गर्दै सोमवार समापन गरेको छ ।

जसमा नगर स्तरीय वक्तित्वकला प्रतियोगिता, वृक्षारोपण, महिलाहरुका लागि निशुल्क पाठेघरको भिआइए टेष्ट, अति विपन्न परिवारलाई खाद्यन्न वितरण गर्दै समापन समारोहको अवसरमा आर्ट अफ स्टेज डाइनेमिकको तालिमका साथ समापन भएको शाखाकी अध्यक्ष यदुका उप्रेती (उषा) ले बताउनु भयो ।


समापन समारोहको अवसरमा झापाका १५ वटा विभिन्न शाखाहरुको सह संयोजकत्वमा तालिम सम्पन्न भएको थियो । जसमा नेपाल जेसीज २०२१ का उपाध्यक्ष सुनिल तिम्सिनाले तालिमको सहजीकरण गर्नु भएको थियो ।


शाखाकी अध्यक्ष यदुका उप्रेती (उषा) को सभापतित्वमा सम्पन्न समापन कार्यक्रमको प्रमुख अतिथिका रुपमा साहारा नेपाल साकोस चारपानेका निर्देशक महेन्द्र गिरी रहनु भएको थियो ।

कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरु, झापाका विभिन्न शाखाका अध्यक्षहरु, विभिन्न संघ संस्थाका व्यक्तिहरुको सहभागिता रहेको थियो ।