संघ \संस्था

लम्की र लम्की लेडीको जेसीज सप्ताहमा साइबर क्राइमसम्बन्धी सचेतना

बाहुण्डाँगी । लम्की जेसीज र लम्की लेडि जेसीजको सयुक्त आयोजनामा सप्ताहव्यापी कार्यक्रम अन्तर्गतको तेस्रो दिन लागू औषध र साइबर क्राईम सम्बन्धि सचेतना कार्यक्रम बृहत रुपमा सम्पन्न भएको छ ।
सर्बोदय बिधा मन्दिर, उज्यालो शिक्षा सदन, क्यामबृज बोडिङ, बाल कल्याण मावि, पायनिर्य एकेडेमी , एक्सपोड युनाइटेड एकेडेमीका विद्यार्थीहरु सहभागि भएको कार्यक्रममा कैलाली जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक बिश्व अधिकारी, इलाका प्रहरी कार्यलय लम्की प्रमुख भरत ब शाह , प्रहरी निरीक्षक खगेन्द्र सिङ सावद,सशस्त्र प्रहरी बल बेस क्याम्प प्रमुख लाल ब नेगिले लागु औषध दुव्र्यसनीबाट हुने नोक्सानी, यसले समाजमा पार्ने असर तथा जघन्य अपराधका बारेमा सहभागिलाई प्रशिश्रण गराउनु भएको लम्की लेडी जेसीजकी अध्यक्ष दुर्गा गुरुङले बताउनु भयो ।

,लम्की जेसीजका अध्यक्ष घनश्याम डाँगीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी कैलाली जिल्ला समन्वय समिती का सभापती सुर्य ब थापा रहनु भएको थियो । कार्यक्रममा शाखाका पूर्व अध्यक्ष तथा विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको स्वागत मन्तब्य मुल कार्यक्रम संयोजक जेसि चक्र प्रशाद उपाद्य्याय र संचालक लम्की जेसिज का महासचिव रज ब थापाले गरेका थिए ।
सयुक्त रुपमा भएको सप्ताहको उद्घाटन कात्तिक १४ गते टार्फिक सचेतनासहित सुरु भएको थियो ।