समाचार

क्रान्तिकारी अगुवा एवं राजनीतिज्ञ कोइराला, मानन्धर र बर्मा सम्मानित

काठमाडौं / नेपाली कम्युनिस्ट आन्दोलनका योद्धा एवम् वरिष्ठ पत्रकार कमल कोइराला सम्मानित भएका छन्।

आइतबार बसन्तपुरमा पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘शहीद गंगालाल श्रेष्ठ स्मृति तथा क्रान्तिवीर शहीद गंगालाल श्रेष्ठ’ कार्यक्रममा कोइरालालाई सम्मान गरिएको हो।

आफ्नो जीवनभर जनताको जागृति निम्ति आफूलाई समर्पित गरेका कोइरालाका साथै विष्णुबहादुर मानन्धर, कृष्णराज बर्मालाई पनि खादा तथा सम्मान पत्र प्रदान गरी सम्मान गरिएको हो ।

सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रतिष्ठानका अध्यक्ष तथा नेपालका पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले खादा खोडाएर सम्मान पत्र प्रदान गरेका थिए।

सम्मान ग्रहणपछि कार्यक्रमा बोल्दै विष्णुबहादुर मानन्धरले यो दिनलाई सम्णूर्ण नेपालीले मनाउनु पर्ने बताए। उनले भने, ‘समस्त ३ करोड नेपालीले यो दिनलाई बिर्सनु हुँदैन तर हामीलाई बिर्सने रोग लागिरहेको छ ।’

गंगालालले दिएको बलिदानको उच्च मुल्याङ्कन गर्नु आवश्यक रहेको बताउँदै मानन्धरले भने, ‘गंगालाललाई सहृदयले श्रद्धान्जलि अर्पण गर्ने हो भने नेपाललाई सही ढङ्गले सही दिशामा अगाडि बढाउनु पर्छ ।’

Leave a Reply

Your email address will not be published.