खेलकुद

मेची नेत्रालय मेचीनगर गोल्डकप –२०७५ चैत २८ देखी

झापा / चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकप प्रतियोगिता –२०७५/७६ यही चैत २८ देखी सञ्चालन हुने भएको छ ।

२०७२ साल देखी बर्षेनी सञ्चालन हुदै आएको मेची नेत्रालय मेचीनगर गोल्डकप मोफसलको सफल गोल्डकप मध्यको एक हो ।

तेस्रो संस्करण सम्म सफलता पुर्वक सम्पन्न गरेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरले चौथो संस्करणलाई पनि सफल बनाउन एकसय सदस्यीय मुल आयोजक समिति गठन गरेको छ ।

साथै मोफसलको प्रतिक्षारत सो गोल्डकपलाई सफल बनाउन विभिन्न उपसमिति समेत गठन भईरहेको काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरका अध्यक्ष मिन बहादुर बस्नेतले पत्रकार संगको अन्तक्रिया कार्यक्रममा जानकारी दिए ।

काँकरभिट्टा मा.वि.को खेलमैदानमा आयोजक र पत्रकार बिच आज अन्तक्रिया कार्यक्रममा सम्पन्न भएको थियो । केही दिनमा नै सहभागी टिमहरुको टुङ्गो लाग्ने बताए ।

विभिन्न देश तथा विदेश बाट सहयोग जुटी रहेको छ । प्रतियोगिता सफल पार्नमा पत्रकारहरुको महत्वपुर्ण भुमीका रहने भन्दै सबै पत्रकारहरुलाई आआफ्नो तर्फ बाट सहयोग गर्न आयोजकका शेरबहादुर बस्नेतले आग्रह गरे ।

Leave a Reply

Your email address will not be published.